YouTube Link

द्वितीय उपाध्यक्षमा उम्मेदवारी दिँदै सामुयल सुनुवार

Facebook Link

 

दोहा: गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको आगामी कार्यकाल २०२३/०२५ को लागि रामेछाप निवासी सामुयल सुनुवार ‘साम’ले द्वितीय उपाध्यक्षमा उम्मेदवारी दिने भएका छ्न ।

 

बर्तमान कार्यसमितिमा साँस्कृतिक संयोजक समेत रहेका सुनुवारले आगामी कार्यकालको लागि द्वितीय उपाध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।

 

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका प्रिती-४ मा जन्मिएका सुनवार वैदेशिक रोजगारीको शिलसिलामा सन् २०१४ जुलाईदेखि कतारमा कार्यरत छन् । उनी कार्यव्यस्तताका बावजुद पनि समय निकालेर सामाजिक, साँस्कृतिक तथा खेलकुदमा सक्रिय रहदै आएका छ्न ।

 

वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरको सधै हक हितको लागि डटेर लड्नुपर्छ भन्दै बुलन्द आवाज उठाउने सुनुवारले बर्तमान समयमा एनसीसी कतारमा देखिएका चरम बेथितिविरुद्ध पनि आवाज उठाउँदै आएका छ्न ।

 

सुनुवार सेवा समाज शाखा कतार (पूर्व अध्यक्ष), नेपाल आदिबासी जनजाती महासंघ (कतार सल्लाहकार), गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार (सदस्य तथा सास्कृतिक संयोजक), रामेछाप सेवा समाज कतार (विशेष सल्लाहकार) लगायतका विभिन्न संघ संस्थामा आबद्ध रहेका छ्न ।

 

 

यस्तो छ सामुयल सुनुवार ‘साम’को अपिलः

आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु,

सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,

पार्षद सदस्य ज्युहरु, सामाजिक अभियान्ता, पत्रकार मित्रहरूमा सेउ/नामसेवल नमस्कार

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न हुन लागेको २०२३-२५ कार्यकालको लागि द्वितीय उपाध्यक्ष पदमा मेरो उम्मेदवारी रहने जानकारी गराउदछु !

 

राष्ट्रिय समन्वय परिषद कतारको २०२१-२०२३ कार्यकालमा सस्कृतिक संयोजकको महत्त्वपूर्ण जिम्मेवारीमा रहि कतारमा रहेको सिङ्गो नेपाली र नेपालको प्रतिनिधित्व गर्दै कला र सस्कृती मार्फत विश्वलाई चिनाउने अबसर प्रदान गरेको गौरव ठानेको छु । २०२१-२३ कार्यकालमा मलाई सहयोग गर्नुहुने कला र सस्कृतिक क्षेत्रका सम्पुर्ण कलाकार ज्युहरु दोहामा स्थापित सम्पुर्ण संघ सस्था प्रति धन्यवाद व्यक्त गर्दै मैले हासिल गरेको अनुभवलाई सामाजिक अभियान मार्फत निरन्तर कृयाशिल रहनका लागि मेरो द्वितीय उपाध्यक्ष पदको उम्मेदवारी लाई स्वीकार गरि दिनुहुनेछ भन्ने पुर्ण बिश्वास राख्दछु ।

 

कतारमा स्थापित विभिन्न संघ संस्था संग समन्वय गर्दै यस सस्थालाई श्रमिकमैत्री बनाउन पहलकदमी लिन साथै श्रमिक हितमा समाजसेवामा अझ समर्पित रहनका लागि यहाँहरुसँग सहयोगको अपेक्षा गर्दछु । 

 

सामुयल सुनुवार “साम”

सास्कृतिक संयोजक

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...