गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
वि.सं.२०८० असार ८ शुक्रवार ०७:३०
2K
shares
काठमाडौं: गोरखाको शहीद लखन गाउँपालिका-५ ताक्लुङबाट शहीद लखन-३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बेहुलीको घरदेखि करिब तीन-चार सय मिटर पर गाडी दुर्घटना भएको र गाडीमा १८/१९ जना सवार भएको जनाएको छ ।
दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् । कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० असार ८ शुक्रवार ०७:३०



















