YouTube Link

खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पालाई ध्यानाकर्षण पत्र बुझाईयो

Facebook Link

 

ओखलढुंगाः लिखु पिके हाईड्रोले प्रक्रिया नपुर्याई काम सुरु गर्न लागेको भन्दै स्थानीय युवाहरुले खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

 

ओखलढुङ्गास्थित खिजीदेम्बा गाउँपालिका वडा नं. ४ का स्थानीय युवाको एक समूहले मंगलबार पालिका अध्यक्ष शेर्पालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

१८ बुँदे ध्यानाकर्षण पत्रमा होइड्रोबाट प्रभावित खिजीदेम्बा गाउँपालिका ३, ४ र ७ का युवाहरुलाई क्षमता अनुसार होइड्रोले रोजगारको व्यवस्था मिलाउनुपर्ने, ठेकेदार कम्पनीले समुदायसँग सम्झौता गरी सार्वजनिक सुनुवाई गरेपश्चात् काम थाल्नुपर्ने लगायतका माग उल्लेख छ ।

 

त्यस्तै प्रभावित क्षेत्रमा निःशुल्क विद्युत वितरण, उचित शेयर वितरण र दुबै पालिकाका ६ वटै वडावासीहरुलाई तत्काल प्रोजेक्ट रिपोर्ट कुल लागत सहितको स्टमेट बुक प्रभावित प्रत्येक वडालाई एकप्रति उपलब्ध गराई संसोधन समेत गर्न पाउनुपर्ने लगायतको मागहरु समावेश गरिएको छ ।

 

 

हाइड्रो निर्माण हुँदा ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको तीन र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको तीन गरी छ वटा वडाबासीहरु प्रत्यक्ष प्रभावित हुनेछन् ।

 

ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष शेर्पाले हाईड्रोले प्रक्रिया नपुर्याई काम थाले पालिकाले गर्नुपर्ने कुनै कसुर बाँकी नाराखिने बताए । उक्त अवसरमा हाइड्रोले प्रक्रिया नपुर्र्याई हस्तक्षेप शैलीमा काम गर्न लागेकोमा पालिकाको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष शेर्पाले बताए । उनले थपे- प्रक्रिया अनुसार प्रोजेक्ट अघि बढे पालिकाले स्वागत र साथ सहयोग गर्नेछ ।

 

३० मेगावाट क्षमताको होइड्रो रामेछापको उपाकुण्ड गाउँपालिका र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका सिमानामा निर्माण हुन लागेको हो ।

 

ओखलढुंगा, रामेछाप र सोलुखुम्बु भएर बग्ने लिखु नदीमा विभिन्न ६ वटा भन्दा बढी जलविद्युत आयोजना सञ्चालन भईरहेका छन । निजी कम्पनीहरुद्वारा सञ्चालित आयोजनाहरुले मापदण्ड पालना नगर्दा स्थानियबासी, जलचर र त्यस वरिपरिको वातावरणमा समेत असर पर्न थालेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...