Texas College
YouTube Link

दीपेन्द्र र सन्दीपले क्यानडामा ग्लोबल टी-ट्वान्टी लिग खेल्ने

Facebook Link

 

काठमाडौं: नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले २०२३ को ग्लोबल टी-ट्वान्टी क्यानडा खेल्ने भएका छन् ।

 

सन्दीप लामिछानेलाई सर्रे जगुआरले किनेको छ । सन्दीप भने लगातार यस लिग खेल्दै आएका छन् । गत वर्ष भदौमा बलात्कार आरोप लागेपछि सन्दीप पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् ।

 

दीपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले ड्राफ्टमा किनेको हो । दीपेन्द्र पहिलो पटक आफ्नो करिअरमा विदेशी लिग खेल्न थालेका हुन् । दीपेन्द्रले टी-ट्वान्टी क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

 

नेपालबाट टी-ट्वान्टी आईमा उनी एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । दीपेन्द्रले ४४ टी-ट्वान्टी आई खेलमा एक शतक र पाँच अर्धशतकसहित एक हजार १०३ रन बनाएका छन् ।

 

बलिङतर्फ २१ विकेट लिएका छन् । नेपाली क्रिकेट टोलीबाट २०१७ देखि दीपेन्द्र पहिलो रोजाईमा खेल्दै आएका छन् । दीपेन्द्रको टोलीमा सकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिन, पाकिस्तानका मोहम्मद वासिम, युएईका आयन खान लगायतका खेलाडी छन् ।

 

सन्दीपको टोलीमा इंग्ल्यान्डका एलेक्स हेल्स, पाकिस्तानका इफ्तिखर अहमद, अष्ट्रेलियाका जेसन बेहरनडोर्फ, बंगलादेशका लिटन दास र अफगानिस्तानका करिम जन्नत लगायतका खेलाडी छन् । ग्लोबल टी-ट्वान्टी क्यानडा आगमी जुलाई २० देखि अगष्ट ६ सम्म चल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...