YouTube Link

दीपेन्द्र र सन्दीपले क्यानडामा ग्लोबल टी-ट्वान्टी लिग खेल्ने

Facebook Link

 

काठमाडौं: नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले २०२३ को ग्लोबल टी-ट्वान्टी क्यानडा खेल्ने भएका छन् ।

 

सन्दीप लामिछानेलाई सर्रे जगुआरले किनेको छ । सन्दीप भने लगातार यस लिग खेल्दै आएका छन् । गत वर्ष भदौमा बलात्कार आरोप लागेपछि सन्दीप पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् ।

 

दीपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले ड्राफ्टमा किनेको हो । दीपेन्द्र पहिलो पटक आफ्नो करिअरमा विदेशी लिग खेल्न थालेका हुन् । दीपेन्द्रले टी-ट्वान्टी क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

 

नेपालबाट टी-ट्वान्टी आईमा उनी एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । दीपेन्द्रले ४४ टी-ट्वान्टी आई खेलमा एक शतक र पाँच अर्धशतकसहित एक हजार १०३ रन बनाएका छन् ।

 

बलिङतर्फ २१ विकेट लिएका छन् । नेपाली क्रिकेट टोलीबाट २०१७ देखि दीपेन्द्र पहिलो रोजाईमा खेल्दै आएका छन् । दीपेन्द्रको टोलीमा सकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिन, पाकिस्तानका मोहम्मद वासिम, युएईका आयन खान लगायतका खेलाडी छन् ।

 

सन्दीपको टोलीमा इंग्ल्यान्डका एलेक्स हेल्स, पाकिस्तानका इफ्तिखर अहमद, अष्ट्रेलियाका जेसन बेहरनडोर्फ, बंगलादेशका लिटन दास र अफगानिस्तानका करिम जन्नत लगायतका खेलाडी छन् । ग्लोबल टी-ट्वान्टी क्यानडा आगमी जुलाई २० देखि अगष्ट ६ सम्म चल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...