YouTube Link

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा

Facebook Link

 

काठमाडौं: नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको यही चैत ३ र ४ गते बसेको बैठकले १,११,१११ रुपैयाँ राशिको ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ ।

 

काठमाडौं शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रको आदर्श र गौरवलाई उच्च राख्ने ‘आदर्श पत्रकार’लाई यो पुरस्कार दिइने नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले निर्णय गरेको छ ।

 

काठमाडौंको शंखरापुर नगरपालिका-२, जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा बसेको बैठकले यहि चैत्र २५ गते साधारणसभा सम्पन्न गर्न अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय समिति निर्माणको निर्णय गरेको छ । बैठकले समसामयिक बिषयमा ९ बुँदे शंकरापुर घोषणापत्र समेत जारी गरेको छ ।

 

घोषणापत्रमा श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक दोब्बर बनाउनुपर्ने, लोककल्याणकारी बिज्ञापन वापतको रकम दोब्बर बनाउनुपर्ने, साना लगानी तथा स्वरोजगारमूलक संचारमाध्यमलाई प्रदान गरिँदै आएको सहुलियतपूर्ण ऋणलाई रु. १० लाखबाट बढाएर रु. २५ लाख पुरयाउनुपर्ने, अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापनको व्यवस्था हुनुपर्ने र विगत दुई आर्थिक वर्षदेखि नै प्रदान गर्ने गरी रकम छुट्टाइसकेको तर कार्यविधिको अभावमा हालसम्म पनि कार्यान्वयनको बाटोमा अघि बढ्न नसकेको अवस्थामा तत्काल कार्यविधि बनाएर कार्यान्वयन गर्नुपर्ने, विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशित गरे वापतको रकम विभिन्न बाहनामा रोक्दै आएको रकम तत्काल भुक्तान गर्न तथा पत्रपत्रिकालाई उपलब्ध गराउने सेवा-सुविधाको प्रक्रियामा समेत सहजता प्रदान गर्न र विज्ञापन बोर्डको हरेक नीतिगत छलफलमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको प्रतिनिधि अनिवार्य उपस्थिति रहने व्यवस्था गर्न शाखाले माग गरेको छ ।

 

समानुपातिक विज्ञापन प्रणाली तत्काल कायम गर्नसमेत माग गरिएको छ । नेपाल पत्रकार महासंघले श्रम समस्या देखिएका सञ्चारगृहहरुमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दवाव दिन थप सशक्त कार्यक्रम घोषणा गर्न शाखाले घोषणापत्र मार्फत केन्द्रीय समितिसँग माग गरेको छ । सरकारले विगतको वजेट मार्फत नै पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको तर कार्यान्वयनको अवस्था नदेखिएकोमा सोको कार्यान्वयनका लागि शाखाले सरकारसँग माग गरेको छ ।

 

यसैगरी, सरकारले पत्रकारहरुका लागि लागु गरेको दुर्घटना बीमाको प्रकृयालाई सरलीकरण गर्न र यसलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न–गराउन समेत शाखाले माग गरेको छ भने सूचना तथा प्रसारण विभागले प्रदान गर्न सुरुवात गरेको ज्येष्ठ पत्रकार वृत्ति सम्पूर्ण ज्येष्ठ पत्रकारहरुलाई उपब्ध गराउने गरी तथ्यांक संकलन गर्ने कार्यका लागि नेपाल पत्रकार महासंघका शाखाहरुलाई जिम्मेवारी दिन र सोही अनुसार शाखाले सिफारिस गरेका ज्येष्ठ पत्रकारलाई सुविधा उपलव्ध गराउन शाखाले माग गरेको छ । यस्तै ज्येष्ठ पत्रकारका लागि उमेर हद ६० वर्ष कायम गर्न पनि शाखा सम्वन्धित पक्षसँग माग लगायत उल्लेख छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...