Rajshow Bivag

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा

Departmant of helth services

 

काठमाडौं: नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको यही चैत ३ र ४ गते बसेको बैठकले १,११,१११ रुपैयाँ राशिको ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ ।

 

काठमाडौं शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रको आदर्श र गौरवलाई उच्च राख्ने ‘आदर्श पत्रकार’लाई यो पुरस्कार दिइने नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले निर्णय गरेको छ ।

 

काठमाडौंको शंखरापुर नगरपालिका-२, जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा बसेको बैठकले यहि चैत्र २५ गते साधारणसभा सम्पन्न गर्न अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय समिति निर्माणको निर्णय गरेको छ । बैठकले समसामयिक बिषयमा ९ बुँदे शंकरापुर घोषणापत्र समेत जारी गरेको छ ।

 

घोषणापत्रमा श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक दोब्बर बनाउनुपर्ने, लोककल्याणकारी बिज्ञापन वापतको रकम दोब्बर बनाउनुपर्ने, साना लगानी तथा स्वरोजगारमूलक संचारमाध्यमलाई प्रदान गरिँदै आएको सहुलियतपूर्ण ऋणलाई रु. १० लाखबाट बढाएर रु. २५ लाख पुरयाउनुपर्ने, अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापनको व्यवस्था हुनुपर्ने र विगत दुई आर्थिक वर्षदेखि नै प्रदान गर्ने गरी रकम छुट्टाइसकेको तर कार्यविधिको अभावमा हालसम्म पनि कार्यान्वयनको बाटोमा अघि बढ्न नसकेको अवस्थामा तत्काल कार्यविधि बनाएर कार्यान्वयन गर्नुपर्ने, विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशित गरे वापतको रकम विभिन्न बाहनामा रोक्दै आएको रकम तत्काल भुक्तान गर्न तथा पत्रपत्रिकालाई उपलब्ध गराउने सेवा-सुविधाको प्रक्रियामा समेत सहजता प्रदान गर्न र विज्ञापन बोर्डको हरेक नीतिगत छलफलमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको प्रतिनिधि अनिवार्य उपस्थिति रहने व्यवस्था गर्न शाखाले माग गरेको छ ।

 

समानुपातिक विज्ञापन प्रणाली तत्काल कायम गर्नसमेत माग गरिएको छ । नेपाल पत्रकार महासंघले श्रम समस्या देखिएका सञ्चारगृहहरुमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दवाव दिन थप सशक्त कार्यक्रम घोषणा गर्न शाखाले घोषणापत्र मार्फत केन्द्रीय समितिसँग माग गरेको छ । सरकारले विगतको वजेट मार्फत नै पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको तर कार्यान्वयनको अवस्था नदेखिएकोमा सोको कार्यान्वयनका लागि शाखाले सरकारसँग माग गरेको छ ।

 

यसैगरी, सरकारले पत्रकारहरुका लागि लागु गरेको दुर्घटना बीमाको प्रकृयालाई सरलीकरण गर्न र यसलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न–गराउन समेत शाखाले माग गरेको छ भने सूचना तथा प्रसारण विभागले प्रदान गर्न सुरुवात गरेको ज्येष्ठ पत्रकार वृत्ति सम्पूर्ण ज्येष्ठ पत्रकारहरुलाई उपब्ध गराउने गरी तथ्यांक संकलन गर्ने कार्यका लागि नेपाल पत्रकार महासंघका शाखाहरुलाई जिम्मेवारी दिन र सोही अनुसार शाखाले सिफारिस गरेका ज्येष्ठ पत्रकारलाई सुविधा उपलव्ध गराउन शाखाले माग गरेको छ । यस्तै ज्येष्ठ पत्रकारका लागि उमेर हद ६० वर्ष कायम गर्न पनि शाखा सम्वन्धित पक्षसँग माग लगायत उल्लेख छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...