YouTube Link

किरात मूल समारोह कतारद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न

Facebook Link

 

दोहा: किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारद्वारा किरात मूल समारोह साँस्कृतिक विभागद्वारा कलाकार भेटघाट तथा साँस्कृतिक कार्यक्रम-२०२३ सम्पन्न भएको छ ।

 

किरात मूल समारोह साँस्कृतिक विभागका कार्यक्रम संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका कार्यवाहक साँस्कृतिक संयोजक धर्मराज राईको सभापतित्वमा औपचारिक रुपमा सुरु गरिएको कार्यक्रमको किरात मूल समारोहका संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राईको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका साँस्कृतिक संयोजक जमुना श्रेष्ठ र महासंघमा आवद्ध मातृसंस्थाहरुका साँस्कृतिक संयोजकहरु, मूल समारोहका अग्रज तथा सल्लाहकारहरुको उपस्थितमा दिप प्रज्वलन र ब्यानर अनवरण गरिएको थियो । उपस्थित सम्पूर्णलाई  उप-संयोजक सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष निर बहादुर सुनुवारले स्वागत मन्तव्य र कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए ।

 

 

किरात मूल समारोह आयोजक समिति दोहा कतारले आयोजना गर्दै आएको किरातीहरुको महान चाड तथा ऐतिहासिक दिनहरुको अवसरमा आयोजित कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरेर संस्थालाई योगदान गर्नुहुने कलाकारहरुको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो ।

 

कार्यक्रममा कतारमा सम्पन्न विश्वकप फुटबल २०२२ मा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साँस्कृतिक संयोजकको हैसियतले कतारमा विभिन्न संघ संस्थाहरुलाई समन्वय गरि नेपाली समुदायबाट मौलिक साँस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरि पुर्‍याउनु भएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै किरात मूल समारोह आयोजक समितिको तर्फबाट सुनुवार सेवा समाज शाखा कतारका प्रमुख सल्लाहकार सामुयल सुनुवार “साम” लाई लामो समयदेखि सिलिमोपाको रुपमा पुर्‍याउनु भएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै किराया शाखा कतारका सिलिमोपा पदम बहादुर राई र विभिन्न कार्यक्रमहरुमा नृत्य प्रशिक्षकको रुपमा पुर्‍याउनु भएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै सुनुवार सेवा समाज शाखा कतारका साँस्कृतिक संयोजक कमल बिक्रम सुनुवारलाई किरात मूल समारोह आयोजक समिति दोहा कतारका संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि शंकरमान राई, उप-संयोजक सुनुवार सेवा समाज कतारका अध्यक्ष निर बहादुर सुनुवारले खादा, दोसल्ला ओढाएर सम्मान-पत्र सहित सम्मान गरेको थियो । कार्यक्रममा अन्य कलाकारहरु पनि कदरपत्र र प्रशंसा-पत्र प्रदान गरिएको थियो ।

 

 

कार्यक्रममा  किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारका सल्लाहकार त्यसै गरि नेपाल आदिवासी जनजाति महासघ कतारका सास्कृतिक संयोजक लगायत विभिन्न मातृसंस्थाहरुका सास्कृतिक  संयोजक बक्ताहरुले उक्त कार्यक्रम आयोजना गरेर आयोजकले कलाकारहरुलाई उच्च सम्मान गरेको र कलाकारहरुलाई हौसला प्रदान गर्ने यस्ता किसिमका कार्यक्रमहरु अन्य संस्थाहरुले पनि आयोजना गनुपर्ने विचार राखेका थिए । कार्यक्रममा दोहा स्थापित कलाकार लगायत धेरै कलाकारहरुले विभिन्न बिधामा मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

 

 

मूल समारोह आयोजक समितिका सदस्य सचिव तथा सुनुवार सेवा समाज शाखा कतारका महासचिव शुभराज सुनुवारले पहिलो चरण र दोस्रो चरण साँस्कृतिक कार्यक्रम सुनुवार सेवा समाज शाखा कतारका साँस्कृतिक संयोजक कमल बिक्रम सुनुवारले सहजीकरण गरेको कार्यक्रम समापन गर्दै कार्यक्रमका सभपति धर्मराज राईले कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको निष्कर्ष सहित कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त थिए ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...