कांग्रेसको निर्णय: प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने
वि.सं.२०७९ चैत ५ आइतवार १३:५७
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ ।
गत पुस २६ गते प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता डा. प्रकाश शरण महतले सोमबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय भएको बताए ।
‘बैठकले विश्वासको मत दिने निर्णय गरेको छ । त्यही अनुसार संसदीय दललाई निर्देशित गरेको छ’, उनले भने, ‘सरकारमा समावेश हुने निर्णय भएको छ ।’
बैठकले भावी मन्त्रीकोहरु क्राइट एरिया बनाउने निर्णय पनि बैठकले गरेको छ । मन्त्रीहरुबारे भने सत्तारुढ दलहरुको आन्तरिक छलफलपछि टुंगो लगाइने महतले बताए । बैठकले संसद बैठकमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी विश्वकप क्रिकेटको छनोट चरणमा पुगेको नेपाली टिमलाई बधाई तथा आगामी खेलका लागि शुभकामना दिने निर्णय पनि गरेको महतले बताए । महतले उपराष्ट्रपतिमा निर्वचित रामसहायप्रसाद यादवलाई बधाई तथा शुभकामना दिने निर्णय गरेको पनि बताए ।
वि.सं.२०७९ चैत ५ आइतवार १३:५७