YouTube Link

विराटनगरका केही स्थानहरु निषेधित क्षेत्र घोषणा

Facebook Link

बिराटनगरः कोशी प्रदेश नामकरणविरुद्धमा हुनसक्ने सम्भावित प्रदर्शनको आँकलन गर्दै विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

नामकरणको विरोधमा पहिचान पक्षधरको आन्दोलनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको राजधानी विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

स्थानीय प्रशासनले शनिबार एक सूचना जारी गदै विराटनगरको अस्पताल चोक क्षेत्रमा रहेको प्रदेशसभा, पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पताल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोक र मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म प्रदर्शन गर्न नमिल्ने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।

यस्तै जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकलाई पनि प्रशासनले निषेधित क्षेत्र तोकेको छ । चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

चैत ५ गते कोशी प्रदेश नामाङ्कन खारेज गरी पहिचान सहितको नामकरणको माग सहित १ नं प्रदेश पुनःनामकरण संयुक्त संघर्ष समितले प्रदर्शनको तयारी गरेको छ ।

समितिले राजधानी विराटनगरमा वृहत् प्रदर्शनको तयारी गर्दैछ । प्रदर्शनको जानकारी पाएपछि स्थानीय प्रशासनले अघिल्लो दिन शनिबार नै निषेधित क्षेत्र घोषणा गरेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...