YouTube Link

२१ हजार ५०८ जना सवारी चालक कारबाहीमा परे

Facebook Link

काठमाडौं: काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले गरेको सुरक्षा चेकजाँचका क्रममा ट्राफिक नियम विपरीत यात्रुलाई जोखिमपूर्ण यात्रा गराउने २१ हजार ५०८ जना चालकलाई कारबाही गरिएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ढोका खुला राखेर सवारी गुडाँउने १५ हजार ६२९ जनालाई कारबाही गरिएको छ । जसमध्ये साउन महिनामा २ हजार ६८३, भदौमा २ हजार ८७३, असोजमा ७ सय ४९, कार्तिकमा १ हजार ८२६, मंसिरमा २ हजार ८२६, पुसमा २ हजार ७३४ र माघ महिनामा १ हजार ९३८ जना चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

क्षमताभन्दा बढि यात्रु राखेर सवारी चलाउँदै गरेका ५ हजार ८०२ जना चालक पनि कारबाहीमा परेका छन् । ट्राफिकका अनुसार साउन महिनामा ७०९, भदौमा १ हजार ३४, असोजमा ७४९, कार्तिकमा ७ ५९, मसिरमा ७ ५९, पुसमा १ हजार ११ र माघमा ७८१ जना चालकलाई कारबाही गरिएको छ ।

टेम्पोमा पछाडि यात्रुलाई झुण्डाएर यात्रा गराउने ७७ टेम्पो चालक पनि कारबाहीमा परेका छन् । क्षमताभन्दा बढी यात्रु राख्दा सवारी साधन अनियन्त्रित भएर दुर्घटनाको जोखिम हुने भएकाले क्षमताभन्दा बढी यात्रु नराख्न र कोचिएर तथा झुण्डीएर यात्रा नगर्न यात्रु र यातायात व्यवसायीलाई आग्रह गरिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा सवारीमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकोले तोकिएभन्दा बढी राखेर सवारी साधन चलाए यातायात निरीक्षक तथा प्रहरीले तत्काल १ हजार ५ सय रुपैँयासम्म जरिवाना गर्ने सक्ने व्यवस्था रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...