YouTube Link

विकल्प ज्ञानले मनायो आफ्नो २०औं वार्षिकोत्सव

Facebook Link

काठमाडौं: विकल्प ज्ञान तथा विकास केन्द्र नेपालले २०औं वार्षिकोत्सव मनाएको छ । आफ्नै कार्यालय परिसरमा आज एक कार्यक्रमकाबीच संस्थाले आफ्नो वार्षिकोत्सव मानाएको हो ।

नेपालका लागि इजरायली राजदुत हानान गोदेर (Hana Goder) को प्रमुख आतित्थ्यमा र संस्थाकी अध्यक्ष डा. क्षेतेन योञ्जनको अध्यक्षतामाकार्यक्रममा सम्पन्न भएको थियो भनेविशेष अतिथिमा प्रतिनिधि सभाको उप-सभामुख इन्दिरा रानमगर उपस्थित भएकी थिईन ।

कार्यक्रममा प्रमुख अतिथि राजदुत हानान गोदेरले विकल्पले महिला तथा बालबालिकाको शिक्षाकालागि गरेको योगदानको प्रशंसा गर्दै विकल्पलाई शुभकामना दिएका थिए । त्यस्तै विशेष अतिथि उप-सभामुख रानमगरले सामाजिक संस्थामार्फत आफुले विगतमा बालबालिकाकालागि गरेका काम तथा अनुभव सुनाउँदै शुभकामना व्यक्त गरिन ।

कार्यक्रममा संस्थाकी संस्थापक निर्देशक स्टेला तामाङले स्वागत मन्तव्य दिएकी थिईन् । उनले दृढ ईच्छा शक्ति भयोभने असम्भव भन्ने कुरा केही छैन भन्दै त्यहि दृढ ईच्छा शक्तिको उपज आजको विकल्प भएको बताईन् । शिक्षा र बालबालिकाको क्षेत्रमा लामो समय कामगरेकी तामाङले कार्यक्रममा आफ्ना जीवनका संघर्ष तथा अनुभव समेत सुनाईन् ।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, सेतो गुराँसकी संस्थापक अगथा थापा, प्रेफेसर विरेन्द्र मिश्र, महेन्द्र बौद्ध बिद्यालयका स्रोत व्यक्ति यमनाथ चौलागाईलगायत अतिथि रहेका थिए । कार्यक्रममा उप-सभामुख इन्दिरा रानमगर र अगथा थापालाई बालबालिकाको क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो ।

संस्थाकी सहायक निर्देशक हेलिना राईले सञ्चालन गरेको कार्यक्रममा विभिन्न संघ संस्था तथा विद्यालयका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...