YouTube Link

दुई भारतीय किशोरको डिएनए परीक्षण गरिँदै

Facebook Link

 

काठमाडौं: कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान दुई भारतीय किशोरमाथि प्रहरीले केन्द्रित गरेको छ ।

 

उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । घटनाको दिन दुवै किशोर घटनास्थल आसपास देखिएका थिए ।

 

घटनाको अनुसन्धानका लागि गत साता डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ टोली गठन गरिएको थियो । टोली हाल कञ्चनपुरमै छ । ‘अनुसन्धानको घेरालाई साँघुरो बनाउने क्रममा ती युवकलाई पहिलेदेखि नै निगरानीमा राखेका थियौँ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने,‘अहिले नियन्त्रणमा लिन सफल भएका हौँ ।’

 

१० साउन ०७५ मा निर्मलाको हत्या भएको थियो । पोस्टमार्टममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । साथीको घरबाट फर्कंदै गर्दा उनको हत्या भएको थियो ।

 

घटनाको तीन सातापछि प्रहरीले एक स्थानीयलाई पक्राउ गरेकोमा उनको डिएनए नमिलेपछि प्रहरी अनुसन्धान विवादित बनेको थियो । त्यसयता अनेक अनुसन्धान समिति बनेपनि घटना सुल्झन सकेको छैन ।

 

राष्ट्रिय मानव अधिकार आयोग र सरकारले गठन गरेको विज्ञ समितिले डिएनएको नमुना संकलनमै त्रुटि भएकाले डिएनए परीक्षणबाट अभियुक्त पत्ता लगाउन कठिन हुने औँल्याएको थियो । यद्यपि, प्रहरीले भने अहिलेसम्म शंकास्पदको डिएनए परीक्षण गराउँदै आएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...