YouTube Link

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्यो

Facebook Link

 

काठमाडौं: काठमाडौं उपत्यकामा यतिबेला वायु प्रदूषण बढेको छ । नदी, सडक र गल्लीहरुमा सरसफाइ हुन सकेको छैन । जसकारण पनि यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परिरहेको छ ।

 

वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ । अझै पनि सर्वसाधारण नागरिकहरु नै यसमा चनाखो भएर वातावरण सरसफाइमा नलाग्ने हो भने वायु प्रदूषणले झनै खतराको तह पार गर्ने निश्चित छ ।

 

सबैभन्दा पहिला जथाभावी फोहोर फाल्ने बानी हटाउनु पर्छ । नदीनाला, सार्वजनिक जग्गा, सडकहरुमा फोहोरफाल्ने बानी हटाउनसके मात्रै पनि केही मात्रामा प्रदूषणलाई कम गर्न सकिन्छ । वायु प्रदूषणलाई रोक्न पुराना र थोत्रा सवारीसाधनहरुको प्रयोगमा पनि नियन्त्रण गर्न जरुरी छ ।

 

चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । यसरी चिसो मौसममा बढी प्रदूषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् ।

 

प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन् । यो बेलामा मानिसहरु आफैँले बुझेर पनि वातावरणको सरसफाइमा ध्यान दिनुपर्ने हो तर आम मानिसहरुलाई यसको पर्वाह छैन, जसकारण पनि अहिले वायु प्रदूषण काठमाडौंसहित देशका विभिन्न सहरमा खतरा बन्दै गएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...