Rajshow Bivag

इजिप्टमा आजदेखि जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै

Departmant of helth services

 

काठमाडौं: जलवायु सम्मेलन कोप-२७ सम्मेलन आजदेखि इजिप्टमा सुरु हुँदै छ । सार्म ऐल शेख शहरमा हुन लागेको सम्मेलन पक्ष राष्ट्रहरूले यस अवसरमा उठान गर्ने जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ ।

 

इजिप्टले विश्वव्यापी जलवायु परिवर्तनका चुनौतीको स्पष्ट मान्यता र यसको विश्वव्यापी खतरालाई सम्बोधन गर्ने माध्यमका रूपमा बहुपक्षीय, सामूहिक र ठोस कार्यको आह्वान गर्दै सम्मेलनको अध्यक्षता गर्नेछ । मंसिर २ गतेसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषय मुख्य कार्यसूचीमा छ ।

 

गत वर्ष कोप-२६ सम्मेलनमा स्कटल्याण्डले हानि र नोक्सानी सहयोगार्थ १० लाख अमेरिकी डलरभन्दा बढी रकम दिने र यहीवर्ष डेनमार्कले एक करोड ३० लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ ।

 

जलवायु परिवर्तनको उद्घोष भएको सन् १९९२ को रियो द जेनेरियो हुँदै २०१५ को पेरिस सम्झौता र अघिल्लो वर्ष कोप-२६ सम्म पुग्दा भएका विविध विश्वव्यापी सहमति र तिनको भविष्यको रणनीतिक बाटो तय गर्न यस वर्षको सम्मेलन पथप्रदर्शक हुने बताइएको छ ।

 

विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको घोषणा भइरहँदा अबका दिनमा कसरी अघि बढ्ने भन्ने साझा अवधारणा बनाउन पनि सम्मेलन सहायक हुने विश्वास लिइएको संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ ।

 

सम्मेलनमा नेपालको नेततृत्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गर्नेछिन् । प्रतिनिधि मण्डलमा जलवायु परिवर्तन हेर्ने प्रधानमन्त्रीका सल्लाहकार माधव कार्की, योजना आयोगमा वनवातावरण हेर्ने सदस्य सलोनी प्रधान सिंह, वन सचिव पेमनारायण कंडेल, प्रधानमन्त्री कार्यालयका सचिलगायत सहभागी हुने कार्यक्रम छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...