Rajshow Bivag

यसरी कडकिए रावल: ७० काटेका ओली कसरी तन्नेरी भए ?

Departmant of helth services

 

काठमाडौं: नेकपा एमाले नेता भीम रावलले आफूलाई ६७ वर्षमै बुढो भयो भन्ने ७० काटिसकेका केपी ओली कसरी तन्नेरी भए भन्ने प्रश्न गरेका छन् ।

 

शुक्रबार कञ्चनपुरको चुनावीसभामा ओलीले रावलको आलोचना गरेका थिए । त्यसमाथि प्रतिक्रिया दिँदै रावलले यस्तो बताएका हुन् ।

 

कञ्चनपुरमा शुक्रबारको चुनावीसभामा ओलीले ‘रावलको चिन्ता कति गर्नुहुन्छ, ०४८ देखि उनको मुख खाली छैन । अरुलाई पालो दिनुपर्देन ? एउटा भीम रावल के के खेती गरिराख्या छ, यहाँ अरु थुप्रै रावल हुनुहुन्छ, अब थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ,’ ओलीले भनेका थिए ।

 

सामाजिक सञ्जालमार्फत् यसको जवाफ दिँदै रावलले ओलीका भनाइले उनीमाथि नै अनेकौँ प्रश्न उठेको बताएका छन् । ‘उत्तेजित भाषणले उहाँभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांग भएको छ,’ रावलले भनेका छन् ।

 

उनले ६७ वर्ष लागेकोलाई बुढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओली फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी भए भन्दै प्रश्न गरेका छन् । ‘म ६७ वर्ष लागेकोलाई बुढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? मभन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो ?’ उनले भनेका छन्, ‘अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ । तर, अरुलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौँ पदमा रहेका र अनेकौँपटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त ?’

 

रावलले आफू ०५१ देखि मात्रै सांसद भएको तर ओली ०४८ देखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको भन्दै आफूमाथि नियोजित रूपमा विभेद गरिएको जिकिर गरेका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४९

    मेष - Aries चु, चे, चो, ला, लि,...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

नेपाल र साउदी अरबबीचको खेल आज

नेपाल र साउदी अरबबीचको खेल आज

वि.सं.२०८१ वैशाख ५ बुधवार ०७:४२

  काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज...

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ५ बुधवार ०६:४२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...