YouTube Link

रामेछापमा मोहन कार्कीलाई जिताउन युवाहरुको अपिल

Facebook Link

 

रामेछाप: रामेछाप जिल्लामा यतिबेला राजनीतिक पार्टीहरु मंसिरमा हुने निर्वाचनको लागि लागि परेका छन् । तर विगतमा नै टेस्टेड भईसकेका नेताहरुले नै टिकट लिएर युवापुस्तालाई निराश पारेको हुनाले रामेछापमा सबैभन्दा संर्घषबाट अनुभव बटुली पत्रकारिता क्षेत्रमा सफल भईसकेका मोहन कार्कीको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेपछि रामेछापका देश बिदेशमा रोजगारको सिलसिलामा रहेका युवाहरुले मोहन कार्कीलाई नैतिक समर्थन गर्दै युवा नेता कार्की र युवा नै रहेका सुरेश बस्नेत, ओमबाबु पुरीको टिमलाई नै रामेछापमा जिताउन र समानुपातिकबाट उद्धवलाल श्रेष्ठलाई जिताउन युवाहरु तातेर लागेका देखिन्छन् ।

 

हामीलाई यो समाचार बनाई दिन र प्रचारमा सहयोग गर्न मलेसियामा रहेका रामेछापका युवाहरुले फोन गरेर मोहन कार्कीको नेतृत्वलाई हशिया तारामा मतदान गरी रामेछापको भविष्यलाई साथ दिन भनेका हुन् । सोही आधारमा हामीले रामेछापमा नेकपा (माले)का जुझारु युवा समाजसेवी पत्रकार मोहन कार्कीलाई जिताउन युवाहरुले जोड गरेको देखिएको हो ।

 

को हुन कार्की ?

 

रामेछापको साविकको ठोसे गाविस वडा नं. ८ डाँडागाउँमा जन्मिएका मोहन कार्की कक्षा ३ सम्म बुद्ध प्रावि कक्षा ६ सम्म शारादा मावि ठोसेमा अध्ययन गर्दागर्दै गरिवी र अभावबाट कक्षा ६ पढ्दा दाउरा बेचेर स्कुल गएको कार्कीकै फेसबुक प्रोफाईलमा भेटिन्छ उनको संघर्ष त्यतिमा मात्र सिमित नरहेर अवसर खोज्न काठमाडौ गई पत्रिका बेच्ने हकरको रुपमा काम गर्दै केही पैसा बचाएर काठमाडौको नक्सलास्थित नन्दी रात्रि माविमा कक्षा ७ मा भर्ना भई अध्ययनलाई निरन्तरता दिएका थिए । सो स्कुलमा पढ्ने वातावरण देवकी पौडेल रामेछापका पूर्व संसद देव शंकर पौडेलको धर्मपत्नीले मिलाईदिनु भएको थियो रे कार्कीले नन्दी रात्रि माविबाट नै एसएलसी गरेका थिए भने कार्कीले काठमाडौको पशुपति बहुमुखी क्याम्पसबाट प्लस टु गरेका हुन् भने ब्यचलरको अध्ययन रत्नराज्य लक्ष्मी क्यापसमा गरेका हुन् ।

 

कार्कीको राजनीतिक पृष्ठभूमि

 

मान बहादुर कार्की अर्थात मोहन कार्कीका बुबा नेपाली काँग्रेस पार्टीबाट वडा सदस्य समेत थिए । उनलाई बुबाको राजनीतिक अवस्था धेरथोर थाहा थियो ।  त्यही बुबाको राजनीतिकबाट नै प्रभाव भएको अनुमान लगाउन सकिन्छ । तर उनले बुबाले आवद्ध भएको नेपाली काँग्रेस भएपनि काकाको छोरा त्यतिबेला अनेरास्ववियू पाँचौ अर्थात मालेको विद्यार्थी संगठनमा लोकध्वज कार्कीले २०४८ सालमा मोहनलाई ८ बर्षको उमेरमा नै अनेरास्ववियूको सदस्य दिएका थिए । तर त्यतिबेला खासै राजनीति नबुझेका कार्कीले जव काठमाडौमा आइ नन्दी रात्रि माविमा पढ्न थाले सोही समयमा रामेछापका अर्जुन कार्की र नामगेल शेर्पाले नन्दी रात्रिमा पुगेर विद्यार्थी संगठन बनाउन गरेको आग्रहलाई मोहन कार्कीले नर्कान सकेनन् र अनेरास्वियु पाँचौको प्रा.क. अध्यक्ष भएर काम गर्न थाले सो संगठनको काम गर्दै जाँदा जोडिदै काठमाडौमा पत्रिका बेच्दै आफ्नो पढाई खर्च जुटाउन थालेको कार्कीले सोही वर्ष नै प्रगतिशील बिक्रेता संघको सचिव भएर आफ्नो सांगठानिक अनुभव बटुल्न थालेका थिए । उनले सम्झने गरेका छन् जति पसिना नेपाली धर्तीमा पोखिएको छ त्यति नै मेरो अनुभव यो नेपाल देशलाई काम लाग्छ । तर नेपालको राजनीति विकृत छ । त्यो राजनीतिलाई सफा नगरेसम्म सम्भव नभएको बताउने गरेका छन् । त्यो बिकृतिलाई सफा  गर्न आँट गरेको छु उनी भन्छन् ।

 

कार्कीले नेकपा मालेको बिभिन्न जनबर्गीय संगठनमा कुशलतापूर्वक कार्यसम्पादन गर्दै आएका छन् । २०६२/६३ को आन्दोलन पछि बनेको २०६५ सालमा नेपालका उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सफत खाएपछि नेकपा (माले) पार्टीको जनबर्गीय संगठन विद्यार्थीमा रहेका कार्कीले हिन्दीमा  सफत खानु नेपालको राष्ट्रियता माथि नै आँच आएको भनेर उपराष्ट्रपति निवासमा नै भौतिक आक्रमणमा उत्रिएर कारवाही गर्ने नेतृत्व  समेत गरेका थिए । तर त्यो माले पार्टीले स्वीकृत नदिएको हुनाले राष्ट्रिय मुक्तिसेना नामक संगठन बनाएर सचेतना कारवाही गरेको बिभिन्न सञ्चारमाध्यमलाई कार्कीले दिएको अभिब्यक्तिवाट भेटिन्छ । उनले त्यतिबेलाका उपराष्ट्रपति परमानन्द झाको निवासमा बम प्रहार गरेको बिषयमा १७ महिना बन्दी जीवन समेत ब्यतित गरेका छन् ।

 

कार्की हाल नेकपा (माले)को केन्द्रीय सदस्य केन्द्रीय प्रचार विभाग सदस्य, प्रगतिशील युवासंघको उपाध्यक्ष रहेका छन् ।  भने नेकपा (माले) पार्टीको रामेछाप-दोलखा जिल्लाको ब्युरो इन्चार्ज समेत रहेका छन् ।

 

 

मेहनतमा विश्वास गर्ने कार्कीको अठोट

 

कार्कीको नेतृत्वमा प्रकाशन हुँदै आएको जन आकाश राष्ट्रिय साप्ताहिकले नेपाली समाजमा सत्य तथ्य पस्कदै निरन्तर जनतालाई सुसुचित गर्दै आएको छ । भने जनआकाश मिडिया प्रा.लि.का अध्यक्ष पनि मोहन कार्की नै रहेका छन् ।

 

उनले भन्ने गरेका छन् । नेपालमा सम्भावना नदेखेर लामो लाईन लागेर युवाहरु विदेश गईरहेको बेला नेपालमा बसेर नेपालको प्रुचुर सम्भावना भएका क्षेत्रहरुलाई नेपालमा पनि सम्भावना छ । नेपालको विकास नेपालीहरुले नै नगरे कहिल्यै विकास हुँदैन । युवाहरुले आँट नगरे पुराना तरिकाले देशको विकास हुँदैन भन्दै बिभिन्न स्वतन्त्र फोरमहरु समेत सञ्चालन गरेर नेपाली समाजलाई जागृत गर्दै आएका छन् । उनले नेपाल बन्द जस्ता नकरात्क कुराहरु गर्नुहुँदैन । बिद्रोहको नाममा मानिस माथि आक्रमण गर्नुहुँदैन । ताकी हरेक बिद्रोहले नेपालीको एकतालाई फुट ल्याउछ भनेर तर्क पेश गर्दै आएका छन् । कार्कीको नेतृत्वमा अन्तर पार्टी युवा सञ्जालले देशभरि छरिएर रहेका युवाहरुले उम्मेद्वारी दिएका ठाउँहरुहमा समेत युवाहरुलाई प्रोत्साहन गर्न पहल गरिहरेको छ ।

 

यसरी देशकै नीति बनाउन सक्ने क्षमता भएका कार्कीलाई रामेछापका सवै खालका मानिसहरुले समर्थन गर्ने आँकलन गर्न थालिएको छ । बाहिरी रुपमा नभनेपनि ठुला भनिएका नेपाली काँग्रेस नेकपा (एमाले) समर्थित सबैको मनमा कार्की जतिको रामेछापमा प्रतिनिधिसभाको उम्मेद्वार अरु नरहेको जिल्लामा चर्चा चल्न थालेको छ । चर्चा जतिकै व्यवहारमा रामेछापका जनताले मतदान कार्की उठेको चुनाव चिन्ह हसिया तारामा मतदान गरे भने देशको लागि युवा नेतृत्व रामेछापबाट प्राप्त हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...