YouTube Link

सत्ता गठबन्धनले सिट बाँडफाँड लगभग टुंग्यायो, केही क्षेत्रमा मात्रै भागभण्ड टुंग्याउन बाँकी

Facebook Link

 

काठमाडौं: सत्ता गठबन्धनले प्रतिनिधि सभा निर्वाचनका लागि सिटको भागबण्डा लगभग टुंग्याएको छ । केही क्षेत्रमा मात्रै गठबन्धनले भागभण्ड टुंग्याउन बाँकी छ ।

 

हालसम्म सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १६० सिटमा सहमति जुटाएका छन् । सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ । काङ्ग्रेसले ८५ सिट लिएको छ । राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ ।

 

बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो । अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशको धादिङ-१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी छ ।

 

माओवादी केन्द्रले उपत्यकामा काठमाडौं २ र ९ लिने सहमति भएको छ । यस्तै ललितपुर ३ पनि लिनेछ । प्रदेश १ मा माओवादीले ८ सिट पाएको छ । झापा १ छोडेर माओवादीले २ र ५ लिएको छ ।

 

नेपाली कांग्रेसले पाउने निर्वाचन क्षेत्र

कञ्चनपुर २, ३, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम २, बाजुरा,  सुर्खेत- १ र २,  दैलेख – २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १, चितवन –  १ र २, गोरखा – १, मनाङ, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही – ३, ४ र ५, कपिलबस्तु – २, ३, दाङ- ३, बाँके – ३, पाँचथर,  इलाम-२, झापा – १,३ र ४,  संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १,  सप्तरी -३, ४, सिरहा – १, २ धनुषा- २, ३ र ४, महोत्तरी – २ र ३, सर्लाही – ४,  बारा- १,  पर्सा -३ र ४,  सिन्धुली-१, रसुवा, धादिङ – २, नुवाकोट -२, काठमाडौं – १, १०, ३, ४, ५, ६, भक्तपुर – १ र २,  ललितपुर – १, काभ्रे-२, सिन्धुपाल्चोक – २, मकवानपुर- १, धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि विवाद छ । जहाँ जसपाले पनि दाबी गरेको छ ।

 

माओवादीले पाएको निर्वाचन क्षेत्र

झापा २, ५, भोजपुर, ताप्लेजुङ, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ, कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १, जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३, बैतडी, कञ्चनपुर १ बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा सहमतिको प्रयास जारी छ ।

 

जसपाले पाएको निर्वाचन क्षेत्र

सुनसरी १, सप्तरी १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँके, सप्तरी २ धनुषा ३, महोत्तरी ३ र रुपन्देही १ मा विवाद भएकाले सहमति प्रयास जारी छ ।

 

एकीकृत समाजवादी पाएको निर्वाचन क्षेत्र

इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ, डोटी बारा ४, धादिङ १, अछाम १ मा विवाद भएकाले सहमति प्रयास जारी छ ।

 

राष्ट्रिय जनमोर्चाले पाएको निर्वाचन क्षेत्र

राष्ट्रिय जनमोर्चाले भने बागलुङ–१ र प्युठान लिने भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...