YouTube Link

नुवाकोट क्षेत्र नं १ को प्रदेश ‘ख’मा डोलबहादुर घलेको स्वतन्त्र उम्मेदवारी घोषणा

Facebook Link

 

काठमाडौं: आगमी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नुवाकोट लिखु गाउँपालिका-२ का डोलबहादुर घलेले क्षेत्र नं १ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 

घलेले शिर्ष दललाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उम्मेदवारी घोषणासँगै ४० वर्षिय घलेले आफ्नो मुख्य एजेण्डा भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् ।

 

दुई नगरपालिका र १० गाउँपालिका सहित १२ स्थानीय तह रहेको नुवाकोटको निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘ख’ मा तीन वटा गाउँपालिका छन् ।

 

लिखु, सुर्यगढी, ककनी र पञ्चकन्या गाउँपालिकाको वडा नं १, २, ५ (२२ वटा वडा) नुवाकोट निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘ख’ मा रहेका छन् ।

 

घले यसभन्दा अगाडि कुनैपनि राजनैतिक पार्टीको कुनै पदमा समेत नरहेकाले निस्वार्थ रुपमा दललाई सहयोग गरिरहे ।

 

तर दलका नेताले आफू लगाएत आफू जस्ता कयौँ युवालाई झिनो आश्वासनमा प्रयोग मात्र गर्ने गरेकाले अब परिवर्तन आफैले गर्नु पर्छ भन्ने उदेश्यका साथ चुनावी माहोलमा होमिएका छन् ।

 

दश वर्ष नेपाली सेनाको ‘स्पेशल फोर्स’ मा काम गरेका घले अहिले निर्माण व्यवसायी हुन् । उनी हाल विदुर नगरपालिका-४ मा अस्थायी बसोवास गर्दै आएका छन् ।

 

राजनीतिमा युवा पुस्ताको आवश्यकता महशुस गर्दै युवा पुस्ताको साथ र सहयोगमा आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए । कुनैपनि दल वा व्यक्तिले समाजलाई बिकास र उन्नतीको बाटोमा लैजान नचाहेको हुँदा अब आफै उम्मेदवार भई गाउँ समाजको बिकास र उन्नतीमा आफ्नो जीवन समर्पण गर्न चाहेको घलेले बताए ।

 

राजनीतिलाई नेताहरुले पेशा बनाएका र आफुले सुरु गर्ने अबको राजनीतिक बाटो यो क्षेत्र पेशा वा कमाई गर्ने थलो नभई समाज सेवाको रुपमा रहेको स्थापित गर्ने आफ्नो अठोट रहेको उनले बताए ।

 

राजनीतिलाई पेसा होईन समाजसेवा बनाउनुपर्ने मान्यता घलेको रहेको छ । सोही अनुसार आगामी दिनमा निरन्तर आफूले समाजको लागि राजनीति गर्ने उनले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...