Rajshow Bivag

हामी महिलाको जित भएको छ, काठमाडौंलाई विश्वकै पर्यटकीय सहर बनाउनेछु: सिर्जना सिंह

Departmant of helth services

 

काठमाडौं: आसन्न स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनको चुनावी सभा सुरु भएको छ ।

 

गठबन्धनका काठमाडौं महानगरका प्रमुखका साझा उम्मेदवार सिर्जना सिंहले निर्वाचन जितेर गएपछि महानगरलाई महान् घर बनाउने लक्ष्य राखेको बताएकी छन् ।

 

रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित चुनावी सभा सम्बोधन गर्दै सिंहले काठमाडौं महानगरलाई महान् घर बनाउने लक्ष्य रहेको बताएकी हुन् ।

 

‘पार्टीले मलाई काठमाडौंको मेयरका लागि अघि सारेको छ । यो हामी महिलाको जित भएको छ । सबै महिला आन्दोलनका लागि गौरवको कुरा हो,’ सिर्जनाले भनिन्, ‘म जितेर गएपछि महानगरलाई महान् घर बनाउने लक्ष्य रहेको छ ।’

 

उनले काठमाडौंको सम्पदा, सभ्यता, संस्कृति बचाउन सधैं सक्रिय रहने प्रतिवद्धता पनि जनाइन् । सिर्जनाले महानगरको प्रमुख भएपछि सुशासन ल्याउनु पहिलो दायित्व हुने पनि बताइन् ।

 

‘महानगरपालिकामा सुशासन ल्याउनु मेरो पहिलो दायित्व हुनेछ । घरभित्र सुशासन भएन भने बाहिर ठूला–ठूला कुरा गर्नुको कुनै औचित्य हुन्न,’ उनले भनिन् ।

 

काठमाडौं महानगरमा ट्राफिक जाम, फोहोर समस्या विकराल बन्दै गएको भन्दै तिनलाई समाधानका लागि पहल गर्ने उनले बताइन् ।

 

महानगरका महिलालाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने, विदुर पुरुषका लागि पनि विशेष राहत प्याकेज ल्याउने उनले प्रतिबद्धता जनाइन् ।

 

महिलाले उत्पादन गरेका वस्तुलाई प्रत्येक वडामा कोसेली घर बनाएर बजारको व्यवस्थापन गर्ने, युवा वर्गका लागि विशेष योजना बनाउने बताइन् । ‘प्रत्येक वडामा ज्येष्ठ नागरिक भवन बनाएर ज्येष्ठ नागरिकका लागि दिनचर्या कटाउन सहज बनाउने छु,’ उनले भनिन्, ‘७७ जिल्लाकै बासिन्दा बसोबास गर्ने सहर हो यो । काठमाडौंको आफ्नै मौलिक परम्परा छ । त्यसलाई उजागर गर्न सधैँ ध्यान दिनेछु । विश्व सम्पदा सूचीमा परेको सहर हो यो । ऐतिहासिक सभ्यताका यस्ता सहरलाई पर्यटकीय स्थल बनाउन सकेका छैनौं, काठमाडौंलाई विश्वकै पर्यटकीय सहर बनाउने छु ।’

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...