फूली लगाईसकेका आईजीपीबिरुद्धको मुद्धाको आज सुनुवाई हुँदै

वि.सं.२०७९ वैशाख २३ शुक्रवार १०:३१

काठमाडौँ : नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आइजीपी)मा नियुक्त भएर धिरजप्रताप सिंहले फुली लगाईसकेका छन् ।
उनको नियुक्तिविरुद्ध असन्तुष्ट अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनको पेसी आज सुनुवाइ हुँदै छ । गत सोमबार दर्ता मुद्दा सुनुवाइ गर्न गर्न आजका लागि तोकिएको हो ।
एआइजी पोखरेलले कनिष्ठलाई बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । उनले गत सोमबार वारेसमार्फत् रिट दर्ता गरेका थिए । रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको छ ।

वि.सं.२०७९ वैशाख २३ शुक्रवार १०:३१