एमाले निकट पत्रकारको संस्था प्रेस चौतारीको महाधिवेशन आजदेखि
वि.सं.२०७८ फागुन २७ शुक्रवार ११:४९
काठमाडौं: नेकपा एमाले निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको ९औं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा महाविधेसनको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रेस चौतारी नेपालको आयोजना र कास्की जिल्लाको आतिथ्यतामा महाधिवेसन पोखरामा हुन लागेको हो । महाधिवेसनमा भाग लिन देशभरका प्रतिनिधि पोखरा पुगिसकेका छन् ।
महाधिवेशनमा १ हजार ५० जना प्रतिनिधि, सल्लाहकार पोखरा आउने आवास व्यवस्थापन समितिले जनाएको छ ।
यो महाधिवेशनले संशोधित विधान पास गर्नेछ भने नयाँ नेतृत्व चयन गरेर सकिनेछ । अध्यक्षका लागि ४ जनाको नाम चर्चामा छ ।
हालका अध्यक्ष गणेश बस्नेत फेरि दोहोरिने तयारीमा छन् । महाधिवेशनको संयोजक तथा प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, उपाध्यक्षद्वय माधव नेपाल र टिका विष्टको पनि दावी छ ।
चौतारीमा अध्यक्ष सहित ३ उपाध्यक्ष, महासचिव १, उपमहासचिव २ र सचिव १० जना सहित केन्द्रिय समिति १ सय ४९ सदस्यीय रहने प्रस्ताव छ ।
वि.सं.२०७८ फागुन २७ शुक्रवार ११:४९