७० जिल्लामा सकियो नेपाली कांग्रेस अधिवेशन, कहाँ कुन पक्षले जिते सभापति
वि.सं.२०७८ फागुन २२ आइतवार १४:४१
4K
shares
काठमाडौं: नेपाली कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत ७० जिल्लामा अधिवेशन सकेको छ ।
सिन्धुपाल्चोक, बारा, अछाम लगायत ७ जिल्लाको परिणाम आउन बाँकी छ ।
जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । सभापतिमा शेर बहादुर देउवा पक्षले अहिलेसम्म ३७ जिल्ला सभापति जितेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शेखर कोइराला पक्षले ३१ जिल्ला सभापति जितेका छन् ।
मंसिरमा भएको कांग्रेसको १४औं महाधिवेशन अघि संस्थापन (देउवा पक्ष) र संस्थापनइतर (रामचन्द्र पौडेल) र (कृष्णप्रसाद सिटौला) पक्षबाट जिल्ला सभापतिमा प्रतिस्पर्धा हुने गरेको थियो ।
महाधिवेशनमा केन्द्रीय सभापतिमा देउवा र कोइराला भिडेपछि त्यसपछि भएका जिल्ला अधिवेशनमा प्राय: देउवा र कोइराला पक्षबाट उम्मेदवार उठेका छन् ।
१६ जिल्ला अधिवेशन गर्न बाँकी राखेर कांग्रेसले केन्द्रीय महाधिवेशन गरेको थियो ।
कहाँ कुन पक्षले जिते सभापति:
शेरबहादुर देउवा पक्ष:
- टकराज गुरूङ, लमजुङ
- केशवबहादुर विष्ट, सल्यान
- दीपेन्द्रबहादुर शाही, डोल्पा
- भीमबहादुर साउद, डडेल्धुरा
- खमबहादुर गर्बुजा, म्याग्दी
- गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ
- ऐनबहादुर शाही, मुगु
- रूपनारायण जवेगु, पाँचथर
- शंकर गुरूङ देउवा, मनाङ
- मोहनविक्रम सिंह, हुम्ला
- खड्क बोहरा, बझाङ
- पूर्णबहादुर (कान्छाराम) तामाङ, रामेछाप
- कर्णबहादुर शाही, जुम्ला
- बेदराज सिंह, जाजरकोट
- नरेन्द्रबहादुर सिंह, डोटी
- प्रेमप्रकाश वली, रूकुम पश्चिम
- तेजेन्द्र खनाल, ओखलढुंगा
- देउमान थेबे, झापा
- जित शेरचन, बागलुङ
- युवराज जोशी, पर्वत
- डम्बरबहादुर खड्का, इलाम
- खड्ग पोखरेल, सुर्खेत
- रामकृष्ण खाण, रूपन्देही
- किशोरदत्त बराल, कास्की
- तीर्थ लामा, काभ्रे
- जितप्रकाश आले, तनहुँ
- जितेन्द्रकुमार श्रेष्ठ, ललितपुर
- पदम बोगटी, कञ्चनपुर
- हिमाल कार्की, उदयपुर
- दुर्लभ थापा, भक्तपुर
- अरूणप्रकाश सिंह राठौर, बर्दिया
- नाम्गेल जाङ्बु शेर्पा, सोलुखुम्बु
- पेम्वाछिरिङ तामाङ, रसुवा
- दिनेश राई, धनकुटा
- नारायणदत्त भट्ट, कैलाली
- बुद्ध लामा, मकवानपुर
- जनार्दनसिंह क्षेत्री, पर्सा
शेखर कोइराला पक्ष:
- विष्णुकुमार गिरी, प्युठान
- केशव श्रेष्ठ, अर्घाखाँची
- किशोर आचार्य, रोल्पा
- चतुरबहादुर चन्द, बैतडी
- बर्मा लामा, दोलखा
- नन्दप्रसाद न्यौपाने, गोरखा
- अम्बबहादुर शाही, कालिकोट
- दीपक खड्का, संखुवासभा
- केशरमान रोका, रूकुमपूर्व
- रोमीगौचन थकाली, मुस्ताङ
- विनोद वान्तवा, भोजपुर
- रामसिंह रावल, बाजुरा
- अर्जुन तुम्बाहाम्फे, तेह्रथुम
- अर्जुनकुमार पोखरेल, नवलपरासी पश्चिम
- हिमालदत्त श्रेष्ठ, पाल्पा
- राजु थापा, स्याङ्जा
- विष्णुकुमार राई, खोटाङ
- ललितसिंह बोहरा, दार्चुला
- रमेश महत, नुवाकोट
- शंकरप्रसाद डाँगी, दाङ
- मणिराम रेग्मी, दैलेख
- खिलध्वज पन्थी, गुल्मी
- कृष्णसबुज बानियाँ, काठमाडौं
- रामनाथ अधिकारी, धादिङ
- केदार भण्डारी, सुनसरी
- अब्दुल कलाम खाँ, कपिलबस्तु
- डिगबहादुर लिम्बू, मोरङ
- राजेश्वर खनाल, चितवन
- नारायण गौडेल, बाँके
- महेन्द्रध्वज जिसी, नवलपुर
- नागेश्वर यादव, महोत्तरी
- उपेन्द्र पोखरेल, सिन्धुली
वि.सं.२०७८ फागुन २२ आइतवार १४:४१




















