आज सरस्वती पूजा, बालबालिकालाई अक्षरारम्भ गराइँदै
वि.सं.२०७८ माघ २३ आइतवार ११:२४
3K
shares
काठमाडौं: आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा । साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वास गरिन्छ ।
हिन्दु मान्यता अनुसार आज देवी सरस्वतीको जन्मदिन हो । आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वास छ ।
सूर्य उत्तरतर्फ लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो ।
आजको दिन विवाह, व्रतमन्ध लगायतको धार्मिक कामका लागि साइत हेर्नु नपर्ने मान्यता छ ।
देशभरका सरस्वती मन्दिरहरुमा आज पूजा हुने गरेको छ ।
कोरोना महामारीको जोखिमका कारण स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरी पूजा गर्न स्थानीय प्रशासनले आग्रह हरेका छन् ।
राजधानीको स्वयम्भूस्थित सरस्वती मन्दीरमा आज विहानैदेखि पूजाआजा र वालवालिकालाई अक्षरारम्भ गराउनेको भीड लागेको छ ।
वि.सं.२०७८ माघ २३ आइतवार ११:२४



















