YouTube Link

तीन सयौं पृथ्वीजयन्तीको अवसरमा गोरखादेखि काठमाडौंसम्म सेनाको एकीकरण मार्ग पदयात्रा काठमाडौं आईपुग्यो

Facebook Link

 

 

काठमाडौं: तीन सयौं पृथ्वीजयन्तीको अवसरमा ऐतिहासिक ‘गोरखा-धादिङ्ग-नुवाकोट-काठमाडौं एकीकरण मार्ग पदयात्रा २०७८’ पदमार्गमा रहेको नेपाली सेनाको टोली काठमाडौं आइपुगेको छ ।

 

पदयात्रामा बाजागाजा सहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोशाकमा सजिएका रिपुमर्दन गणको १० जना सेनासहित ४० जनाले पदयात्रा सुरु गरेका नेपाली सेना काठमाडौं आईपुगेको हो ।

 

आज पुष २६ गते (सोमबार) विहान श्री शम्शेर दल गण नागार्जुनले नुवाकोटको ककनीबाट टोलीको हस्तान्तरण लिँदै पाँचमाने, भुवनेश्वर मन्दिर, तीनपिप्ले हुँदै मुडिखुगढी आइपुगेको थियो ।

 

पदयात्रामा नेपाली सेनाले गोरखा दरबारबाट राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्च लगायत नेपाली सेनाको प्रथम पाँच वटा युनिटहरुको झण्डा काठमाडौं ल्याइपुर्याएको छ ।

 

नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा प्रयोग गरेको एकीकरणको बाटो हिंडेर एकताको सन्देश दिएको शम्शेरदल गणका प्रमुख सेनानी उमेश श्रेष्ठले बताउनुभयो ।

 

आज पुष २६ गते (सोमबार) नुवाकोट जिल्लाको ककनीबाट आएको शम्शेरदल गणको टोलीले हनुमानढोकामा रहेको शार्दुलजंग गुल्मलाई गोरखा दरबारदेखि ल्याएको राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै नेपाली सेनाको प्रथम पाँच वटा युनिटहरुको झण्डा हस्तान्तरण गरिने शम्शेरदल गणका प्रमुख सेनानी उमेश श्रेष्ठले बताउनुभयो ।

 

 

सैनिक पदयात्रा टोलीलाई काठमाडौंको तारकेश्वर नगरपालिका–३ पाँचमानेगढीमा जनप्रतिनिधि र स्थानीयवासीले माला र खादा लगाएर स्वागत गरेका थिए ।

 

पदयात्रामा रहेको टोलीले ल्याएको नेपालको झण्डा, टर्च र नेपाली सेनाको झण्डा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा मंगलबार प्रधान सेनापतिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

 

गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाडौंबाट काभ्रेसम्मको करीव १ शय ९२ किलोमिटर बाटोलाई सरकारले एकिकरण पदमार्गको रुपमा प्रवर्द्धन गर्न लागेको छ ।

 

 

नेपाली सेनाको गोरखास्थित गणले भने गोरखा जिल्लाभित्रको बाटोको अध्ययन गरेको छ । गोरखा दरवारबाट पिपलथोक, ताप्लेकोट, अश्राङ हुँदै बोर्लाङघाटसम्मको बाटोको प्रारिम्भक अध्ययन गरि स्थानीय सरकारसँगको सहकार्यमा पदमार्ग सुधारको काम पनि शुरु गरिएको सेनाले जनाएको छ ।

 

 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाडौंसम्म ओहोरदोहोर गरेका बाटोमा नेपाली सेनाले दुई वर्षदेखि यही बाटो हुँदै काठमाडौंसम्म पदयात्रा गर्दै आएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...