YouTube Link

देशभर केही जघन्य प्रकृतिका अपराधहरुमा कमी, बैकिङ कसुर बढ्यो

Facebook Link

 

काठमाडौं: नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार देशभर केही जघन्य प्रकृतिका अपराधहरुमा कमी आएको जनाएको छ ।

 

कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, करणी जस्ता अपराधहरुमा कमी आएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

 

त्यस्तै, चोरी, बैकिङ कसुर, लागु औषध, ठगी जस्ता घटना भने बृद्धि भएको छ ।

 

गएको पाँच महिनाको अवधिमा सबैभन्दा धेरै बैंकिङ कसुरका घटना बढेको प्रवक्ता कुँवरले जानकारी दिए ।

 

‘पाँच महिना अगाडिसम्म लकडाउनले धेरै प्रभाव पारेको थियो । मानिसहरु घरमा नै थिए । जसले गर्दा चोरी र अन्य अपराधिक गतिविधि भएको थिएन । अहिले मानिस घरमा नभएकाले गर्दा पनि चोरीको घटना बढेका छन्,’ एसएसपी कुँवरले भने ।

 

गएको पाँच महिनामा देशर २४६ वटा हत्या भए । तर, सोही समयको अघिल्लो आर्थिक वर्षमा २९० वटा हत्याका घटनाहरु भएका थिए ।

 

आर्थिक वर्ष २०७७/७८ मा २९५८ जनाले आत्महत्या गरेका थिए ।

 

चालु आर्थिक वर्षमा आत्महत्याको सङ्ख्यामा कमी आएको छ ।

 

२६२८ जनाले आत्महत्या गरेका छन् ।

 

तुलनात्मक रुपमा ११ प्रतिशतले आत्महत्यामा कमी आएको हो ।

 

करणीका घटनामा पनि ९ प्रतिशतले कमी आएको छ । गएको पाँच महिनामा ९९३ वटा करणीका घटना भएका छन् ।

 

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा १०९७ वटा यस्ता घटना भएका थिए ।

 

हातहतियार खरखजना सम्बन्धी अपराधमा पनि कमी आएको छ ।

 

२१ प्रतिशतले यस्ता घटनाहरु कमी आएको हो ।

 

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा मा ११३ वटा घटना भएका थिए ।

 

तर, आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ८९ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।

 

सबै अपराधहरुको सङख्या कमी भए पनि बैकिङ कसुर सम्बन्धी घटनाहरु बढेको छ ।

 

१०५ प्रतिशतले यस्ता घटनाहरु बढेको देखिन्छ ।

 

चालु आर्थिक वर्षको पाँच महिनामा १८०७ वटा बैकिङ कसुर सम्बन्धि घटना दर्ता भएका हुन् ।

 

आर्थिक वर्ष २०७७/७८ मा ८८० वटा मात्र बैकिङ कसुरका घटना भएका थिए ।

 

त्यस्तै चोरीको घटना पनि ३५ प्रतिशत माथि बृद्धि भएको छ ।

 

चालु आर्थिक वर्षको पाँच महिनामा १२३७ वटा चोरीका घटना भएको देखिन्छ ।

 

आर्थिक वर्ष २०७७/७८ मा  ९ सय १६ वटा मात्र घटना भएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...