YouTube Link

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेस गरे राजनीतिक प्रतिवेदन, देव गुरुङद्वारा विधान मस्यौदा प्रस्तुत, केन्द्रीय कमिटी २९९ सदस्यीय हुने

Facebook Link

 

काठमाडौं: नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भएको छ ।

 

अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष पदाधिकारी रहने विधानमा प्रस्ताव गरिएको छ ।

 

माओवादी केन्द्रको ८औं महाधिवेशनको बन्द सत्रमा नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।

 

पदाधिकारी समावेशी बनाइने गुरुङको प्रस्ताव छ ।

 

केन्द्रीय कमिटीको १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ ।

 

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि नेपाली समाज वर्गीय अन्तर्विरोधबाट अघि बढिरहेको बताएका छन् ।

 

पार्टीको ८औं महाधिवेशन अन्तरगत सोमबारबाट सुरु भएको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिमा पराजित सामन्ती तत्त्वहरू दलाल नोकरशाही पुँजीपतिको पक्षपोषण गर्ने राजनीतिक दलहरू संविधान खारेज गराउने षड्यन्त्रमा लागेको बताएका हुन् ।

 

‘कम्युनिस्ट क्रान्तिकारीहरू राष्ट्रिय स्वाधीनताका पक्षधर देशभक्त लोकतान्त्रिक शक्तिहरू संविधानको पक्षमा अगाडि बढिरहेका छन्’, अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिमा देखा परेका प्रवृत्तिको विश्लेषण गरेका छन् ।

 

नेपालको राजनीतिक आन्दोलनको विकास र इतिहासको चर्चा गर्दै प्रचण्डले सशस्त्र विद्रोह, जनआन्दोलन, मधेस आन्दोलन हुँदै जनवादी क्रान्तिको विकास भएको प्रचण्डको भनाइ छ ।

 

उनले आफ्नो प्रतिवेदनमा जनयुद्ध र १९ दिने शान्तिपूर्ण जनआन्दोलनको बलमा सामन्तवादको अवशेषका रूपमा रहेको राजतन्त्र ढलेको पनि बताएका छन् ।

 

जसलाई प्रचण्डले नेपाली जनताको विजयका रूपमा लिएका छन् ।

 

प्रचण्डले नेपाली जनताको विजय विश्वका कुनै पनि देशका क्रान्तिका मोडलको नक्कलका रूपमा नभई मौलिक र जीवन्त रूपमा सम्पन्न भएकोमा पार्टीको धारणा स्पष्ट हुन जरुरी छ भनेका छन् ।

 

‘आत्मगत रूपमा पार्टीको चाहाना सामन्तवाद र साम्राज्यवादविरुद्ध पुँजीवादी जनवादी क्रान्ति माओले भनेझैँ समाजवादी क्रान्तिको अङ्गका रूपमा र नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने भएको भएपनि वास्तविक जीवनमा नेपाली जनवादी क्रान्तिले आफ्नै मौलिक रूप विकसित गर्‍यो’, प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन् ‘क्रान्तिको नेतृत्वमा कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण भूमिकाका क्रममा पुँजीपति वर्गलाई समेत नेतृत्वको हिस्सा दिएर सामन्तवाद र त्यसको राजनीतिक प्रणालीमा आधारभूत विजय हासिल गरिएको उदाहरण अन्यत्र पाउन मुस्किल छ ।’

 

उनले यसैलाई नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र विशेषता भएको बताएका छन् । ‘यही मौलिकता र विशेषतामा टेकेर नै समाजवाद उन्मुख समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको हो । यही  मौलिकता र विशेषतामै अबको नयाँ जनवादी क्रान्तिका रणनीतिका चुनौती अन्तर्निहित रहेका छन्’, प्रचण्डको भनाइ छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...