YouTube Link

नेकपा माओवादी केन्द्रलाई नेतृत्व चयनमा सकस

Facebook Link

काठमाडौं: नेकपा माओवादी केन्द्रले गैर भौगोलिक सहित ९ प्रदेशमध्ये ६ प्रदेशको नेतृत्व अझै टुंगो लगाउन सकेको छैन ।

गएको शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७ भौगोलिक र २ गैर भौगोलिकको संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

अहिलेसम्म उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिम्खडा, सम्पर्क समन्वय समिति प्रदेश अध्यक्षमा श्रीकृष्ण अधिकारी र गण्डकी प्रदेशको अध्यक्ष गायत्री गुरुङको मात्रै टुंगो लगाएको छ ।

प्रवास प्रदेश समिति उद्घाटन नै नभएकाले पछि मिति तोकेर सम्मेलन गरिने भएको छ ।

प्रदेश समिति कति सदस्य हुने भन्ने विषयमा सहमति भएपनि अध्यक्षसहित पदाधिकारीमा टुंगो लाग्न सकेको छैन ।

प्रदेश अध्यक्ष हुन पार्टी केन्द्रीय सदस्य नै दौडमा उत्रिएपछि मिलाउन गाह्रो भइरहेको छ । प्रदेश अध्यक्ष भएमा स्थानीय तह र प्रदेशमा टिकट वितरणमा हस्तक्षेप हुने भएपछि केन्द्रीय तहका नेताहरु प्रदेशमा नेतृत्व लिन अग्रसर भएका हुन् ।

प्रदेश १ मा २ सय ५१ सदस्यीय प्रदेश कमिटी मात्रै बनाएको छ । अध्यक्षका लागि केन्द्रीय सदस्य हेमराज भण्डारी, सुदन किराती र सुरेशकुमार राई तीन जनाले दाबी गरेपछि सर्वसम्मत हुन सकेको छैन ।

तीनै जना केन्द्रीय सदस्य छोडेर प्रदेश अध्यक्ष हुन तयार भएका छन् । आगामी बुधबार प्रदेश पदाधिकारीका विषयमा छलफल भई टुंगो लगाउने भनिएको छ ।

प्रदेश २ मा पालिका अधिवेशन नै नसकिएकाले पुस ३ गते प्रदेशको बन्दसत्र गर्ने भएको छ । त्यसपछि प्रदेश पदाधिकारी प्रदेश समिति टुंगो लगाउने भएको छ ।

बागमती प्रदेशमा अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि २ सय ७५ सदस्यीय प्रदेश समिति मात्रै घोषणा गरिएको छ ।

अध्यक्षका लागि प्रदेश समितिमा रहेका विशाल खड्का, सरल सहयात्री पौडेल, दीनानाथ गौतम र डीपी ढकालले दाबी गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...