YouTube Link

गुरुङहरुको साँस्कृतिक पर्व ‘ट्होटें’ विविध कार्यक्रमको आयोजना गरी मनाईयो

Facebook Link

पोखरा: गुरुङहरुको साँस्कृतिक पर्व ‘ट्होटें’ पोखराका गुरुङहरुले विविध कार्यक्रम गरी मनाएका छन् । हरेक वर्षको साउन र चैतको अन्तिम मंगलबार ट्होंटे पर्व मनाउने गरेका छन् ।

ट्होटेंको अवसरमा पोखराको विरौटाबाट रयाली निकालेर मुस्ताङचोक, पृथ्वीचोक हुदै नयाँबजारस्थित तमु धी भवनमा पुगेर सभामा परिणत भएको थियो । ट्होटें पर्व मनाउनाले रोग, ब्यधा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ । ट्होटें मनाएमा राक्षस, भूतप्रेत भाग्ने तथा कुसँस्कृति हट्छ भन्ने पनि पुरानो मान्यतालाई निरन्तरता दिदै गुरुङ् समुदायको साझा संस्था तमु धिं नेपालको पहलमा बाजागाजा र झाँकीसहित रयाली निकालिएको हो ।

गुरुङ्ग भाषामा ‘ट्हो’ को अर्थ राज्य र ‘टे’ को अर्थ धपाउने भन्ने हुन्छ । राज्यबाट शत्रूलाई भगाउनु तथा धपाउनु नै वास्तवमा ट्होटे हो । ग्रामीण भेगमा भने शत्रु तथा भूतप्रेत धपाउने पर्वको रुपमा यो पर्व चर्चित छ । यो पर्व कास्की लगायत लमजुङ्ग, तनहूँ, स्याङ्जा, पर्वत लगायतमा बस्ने गुरुङ्गले आफ्नो ठूलो साँस्कृतिक चाडका रुपमा मनाउने गर्छन ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८२ कात्तिक १७ सोमवार ०७:१२

काठमाडौं: नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार ०७:११

काठमाडौं: बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को कारण नेपालको...

यी प्रदेशका भू-भागमा वर्षा र हिमपातको सम्भावना

यी प्रदेशका भू-भागमा वर्षा र हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक १२ बुधवार ०७:०५

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

आज यी भू-भागमा वर्षा र हिमपातको सम्भावना

आज यी भू-भागमा वर्षा र हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक ११ मंगलवार ०७:३७

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...