YouTube Link

गुरुङहरुको साँस्कृतिक पर्व ‘ट्होटें’ विविध कार्यक्रमको आयोजना गरी मनाईयो

World Cup 2026
Facebook Link

पोखरा: गुरुङहरुको साँस्कृतिक पर्व ‘ट्होटें’ पोखराका गुरुङहरुले विविध कार्यक्रम गरी मनाएका छन् । हरेक वर्षको साउन र चैतको अन्तिम मंगलबार ट्होंटे पर्व मनाउने गरेका छन् ।

ट्होटेंको अवसरमा पोखराको विरौटाबाट रयाली निकालेर मुस्ताङचोक, पृथ्वीचोक हुदै नयाँबजारस्थित तमु धी भवनमा पुगेर सभामा परिणत भएको थियो । ट्होटें पर्व मनाउनाले रोग, ब्यधा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ । ट्होटें मनाएमा राक्षस, भूतप्रेत भाग्ने तथा कुसँस्कृति हट्छ भन्ने पनि पुरानो मान्यतालाई निरन्तरता दिदै गुरुङ् समुदायको साझा संस्था तमु धिं नेपालको पहलमा बाजागाजा र झाँकीसहित रयाली निकालिएको हो ।

गुरुङ्ग भाषामा ‘ट्हो’ को अर्थ राज्य र ‘टे’ को अर्थ धपाउने भन्ने हुन्छ । राज्यबाट शत्रूलाई भगाउनु तथा धपाउनु नै वास्तवमा ट्होटे हो । ग्रामीण भेगमा भने शत्रु तथा भूतप्रेत धपाउने पर्वको रुपमा यो पर्व चर्चित छ । यो पर्व कास्की लगायत लमजुङ्ग, तनहूँ, स्याङ्जा, पर्वत लगायतमा बस्ने गुरुङ्गले आफ्नो ठूलो साँस्कृतिक चाडका रुपमा मनाउने गर्छन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:११

काठमाडौं: नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापना भएको...