YouTube Link

बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इन्डियन्सको रोमान्चक जित

Facebook Link

एजेन्सी: घरेलु टोली मुम्बई इन्डियन्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोमान्चक जित निकालेको छ ।

बुधबार राती भएको खेलमा मुम्बईले किङ्स इलाभेन पन्जाबलाई ३ विकेटले पराजित गरेको हो । वान्खडे क्रिकेट स्टेडियममा पन्जाबले दिएको एक सय ९८ रनको उच्च लक्ष्य मुम्बईले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा कप्तान केइरन पोलार्डले अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका पोलार्डले ८३ रन बनाए ।

सातौं विकेटको रुपमा आउट हुनुअघि पोलार्डले ३१ बलमा १० छक्का र ३ चौका प्रहार गर्दै मुम्बईको जितको आधार तय गराएका थिए । यस्तै क्विनटन डी ककले २४ रन जोड्दा सुर्य कुमार यादवले २१ रन बनाए । त्यस्तै हार्दिक पाण्डया १९ रनमा आउट हुँदा सिद्देश लाड र अल्जारी जोसेफले समान १५/१५ रन बनाए । पन्जाबका मोहमद शामीले ३ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो । पन्जाबका लागि लोकेश राहुलले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । ओपनर राहुलले अविजित रहदै एक सय रनको योगदान दिए । यस्तै क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । गेल ६३ रनमा आउट भए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...