YouTube Link

कोरोना भाइरसको संक्रमण दक्षिण एशियाली मुलुकमा बढ्दै, नेपालसहित सार्क मुलुकमा आशिंक बाहेक लकडाउन जारी

Facebook Link

एजेन्सीः विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेका बेलमा दक्षिण एशियाली (सार्क) मुलुकमा पनि यसको प्रभाव बढ्दै गएको छ । सार्क मुलुकमध्ये भारतमा सबैभन्दा बढी मानिस कोरोनाको संक्रमणबाट संक्रमित भएका छन् भने धेरै ज्यान पनि गएको छ ।

नेपालसहित सार्क मुलुकमा आशिंक बाहेक लकडाउन जारी छ । हालसम्म सार्क राष्ट्रमा २ लाख ५१ हजार ३ सय ४३ जना मानिस संक्रमित छन् । भारत बाहेकका देशमा १ लाख ६ हजार ३ सय ९३ जना संक्रमित छन् । संक्रमित मध्ये ६ हजार ७७ जनाको जयान गइसकेको छ भने ८७ हजार ६ सय २४ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ६ हजार ४ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १ सय ४८ जनाको ज्यान गएको छ । भारतमा हालसम्म १ लाख ४४ हजार ९ सय ५० जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ४ हजार १ सय ७२ जनाको ज्यान गइसकेको छ । हालसम्म भारतमा ६० हजार ७ सय ६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा हालसम्म एक हजार १ सय ६७ जनाको ज्यान गएको छ । हालसम्म ५६ हजार ३ सय ४९ जना संक्रमित भएका छन् । जसमध्ये ३७ हजार ७ सय जनाको उपचार सफल भएको छ । पाकिस्तानमा अहिलेपनि लकडाउन जारी छ ।

यसैबीच बंगलादेशमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ । बंगलादेशमा हालसम्म ३५ हजार ५ सय ८५ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ५ सय १ संक्रमितको ज्यान गएको छ । बंगलादेशमा हालसम्म ७ हजार ३ सय ३४ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यसैगरी सार्क राष्ट्र अफगानिस्तामा कोरोनाबाट २ सय १९ जनाको ज्यान गएको छ भने कोरोना संक्रमितको संख्या ११ हजार १ सय ७३ पुगेको छ । जसमध्ये १ हजार ९७ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यसैबीच कोरोना संक्रमण श्रीलंकामा सामान्य देखिएको छ । श्रीलंकामा सोमबार ४१ जना नयाँ कोरोना संक्रमित थपिएसँगै बिरामीको संख्या १ हजार १ सय ८२ पुगेको वल्डोमिटरले जनाएको छ । सोमबार १ जनाको ज्यान गएको श्रीलंकामा कोरोनाको संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

यसैगरी भुटानमा कोरोनाको प्रभाव सबैभन्दा कम परेको छ । भुटानमा हालसम्म जम्मा २७ जना संक्रमित देखिएका छन् । जसमध्ये ३ जना निको भएर घर फर्किसकेका छन् ।

सार्क राष्ट्रमध्यको सबैभन्दा सानो टापु देश माल्दिभ्समा सोमबार २४ जना नयाँ कोरोना संक्रमित फेला परको छन् । यो सँगै माल्दिभ्समा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ९५ पुगेको छ । जसमध्ये १ सय ५५ जना निको भएर घर फर्किसकेका छन् भने ४ जनाको ज्यान गएको छ ।

सार्क मुलुकको अध्यक्ष राष्ट्र नेपालमा पनि कोरोनाका संक्रमण बढ्दै गएको छ । सोमबार एकै दिन नेपालमा ७९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमित मध्ये १ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा कोरेना निको हुनेको प्रतिशत सार्क राष्ट्रमध्यकै सबैभन्दा बढी हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...