YouTube Link

स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउत र सरकारबीच ११ बुँदे सहमति

Facebook Link

काठमाडौं: स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । सहमतिमा हस्ताक्षर भएपछि बिगतका गतिविधिलाई त्याग्दै मुलधारको राजनीतिक मुद्धालाई राउत समुहले स्विकार्ने छ भने राज्यद्धारा राउतका कार्यकर्ताहरुलाई लगाईएको मुद्धा फिर्ता हुने सहमतीमा उल्लेख छ ।

यस अघि झण्डै ६ बर्ष अगाडिदेखि डा. राउतले स्वतन्त्र मधेसको नारा उठाउदै संगठित गतिविधि गर्दै आईरहेका थिए । पटकपटक पक्राउ पर्दै राज्य विप्लप मुद्धामा अशोज २१ गते पक्राउ परि कारागारमा रहेका राउत बिहिवार मात्र सर्वोच्चले सामान्य तारेखमा रिहा गर्न आदेश दिएको थियो । कारागारबाट रिहा भएको भोलीपल्ट सरकारसँग ११ बुँदे सहमति गरेर स्वतन्त्र मधेसको मुद्धा छोडेको घोषणा गरेका राउतलाई प्रधानमन्त्रीले असाधारण निर्णय क्षमता भएको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले बाटो बिराएका राउतले फेरि सहि बाटो अवलम्वन गरेको भन्दै सार्वभौम मुलुकको अखण्डता विरुद्ध जोकोहिले धाँवा दिन नसक्ने बताएका थिए । प्रधानमन्त्री ओलीले सहमतीमा आएका राउतबाट हिंसात्मक गतिविधिमा लागेका विप्लप समुह तथा भर्खरै अदालतको फैसलाको सन्दर्भमा सरकारको बिषयमा निर्णय लिने राजपाको लागि गतिलो पाठ भएको बताएका थिए ।

डा. राउतले प्रधानमन्त्री ओलीको सकारात्मक पहलकदमीले शान्तीपुर्ण रुपमा सहजताका साथ आन्दोलनलाई विसर्जन गर्नुपरेको बताए । हिंसाको राजनीति देशको लागि अफाप हुने भन्दै यो बाटो रोज्न उद्धत हुने समुहहरुका लागि गतिलो सिकाई समेत आफुले दिएको राउतले दावी गरे ।

सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गरेको सहमतीमा मतभेदलाई लोकतान्त्रिक विधिबाट समाधान गरिने, मुलुकको सार्वभौम अखण्डतालाई स्विकार गरि मुलधारको राजनीतिक मुद्धामा समाहित हुने, हालसम्म लगाईएका मुद्धाहरु फिर्ता लिने लगाएतका विषय उल्लेख छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...