Health Ad
YouTube Link

स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउत र सरकारबीच ११ बुँदे सहमति

Khanepani Dhal
Facebook Link

काठमाडौं: स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । सहमतिमा हस्ताक्षर भएपछि बिगतका गतिविधिलाई त्याग्दै मुलधारको राजनीतिक मुद्धालाई राउत समुहले स्विकार्ने छ भने राज्यद्धारा राउतका कार्यकर्ताहरुलाई लगाईएको मुद्धा फिर्ता हुने सहमतीमा उल्लेख छ ।

यस अघि झण्डै ६ बर्ष अगाडिदेखि डा. राउतले स्वतन्त्र मधेसको नारा उठाउदै संगठित गतिविधि गर्दै आईरहेका थिए । पटकपटक पक्राउ पर्दै राज्य विप्लप मुद्धामा अशोज २१ गते पक्राउ परि कारागारमा रहेका राउत बिहिवार मात्र सर्वोच्चले सामान्य तारेखमा रिहा गर्न आदेश दिएको थियो । कारागारबाट रिहा भएको भोलीपल्ट सरकारसँग ११ बुँदे सहमति गरेर स्वतन्त्र मधेसको मुद्धा छोडेको घोषणा गरेका राउतलाई प्रधानमन्त्रीले असाधारण निर्णय क्षमता भएको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले बाटो बिराएका राउतले फेरि सहि बाटो अवलम्वन गरेको भन्दै सार्वभौम मुलुकको अखण्डता विरुद्ध जोकोहिले धाँवा दिन नसक्ने बताएका थिए । प्रधानमन्त्री ओलीले सहमतीमा आएका राउतबाट हिंसात्मक गतिविधिमा लागेका विप्लप समुह तथा भर्खरै अदालतको फैसलाको सन्दर्भमा सरकारको बिषयमा निर्णय लिने राजपाको लागि गतिलो पाठ भएको बताएका थिए ।

डा. राउतले प्रधानमन्त्री ओलीको सकारात्मक पहलकदमीले शान्तीपुर्ण रुपमा सहजताका साथ आन्दोलनलाई विसर्जन गर्नुपरेको बताए । हिंसाको राजनीति देशको लागि अफाप हुने भन्दै यो बाटो रोज्न उद्धत हुने समुहहरुका लागि गतिलो सिकाई समेत आफुले दिएको राउतले दावी गरे ।

सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गरेको सहमतीमा मतभेदलाई लोकतान्त्रिक विधिबाट समाधान गरिने, मुलुकको सार्वभौम अखण्डतालाई स्विकार गरि मुलधारको राजनीतिक मुद्धामा समाहित हुने, हालसम्म लगाईएका मुद्धाहरु फिर्ता लिने लगाएतका विषय उल्लेख छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...