Health Ad
YouTube Link

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहद्वारा शक्तिशाली बम विस्फोट, चार जना घाइते

Khanepani Dhal
Facebook Link

काठमाडौं: बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शक्तिशाली वम विस्फोट भएको छ । विस्फोटमा परी चार जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाका अनुसार अज्ञात समुहले बम विष्फोट गराएको हो । घरमा पार्किङ गरेर राखिएको कारमा र बम विस्फोट गराउँदा गुरुङको घरको सटर भाडा लिएर बसेका मणिराम पौडेल घाइते भएका छन् ।

पौडेलको टाउकोमा चोट लागेपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । शक्तिशाली बम विष्फोटबाट गुरूङसहित अन्य दुईजनाको घरमा क्षति पुगेको छ । बम विस्फोटपछि ती घरका शिशाहरु फुटेका छन् । शक्तिशाली आवाजसहितको विस्फोटले स्थानीयबासी त्रसित भएका छन् ।

विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ । विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुईवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रहरीका अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा शंकास्पद बस्तु विस्फोट भएको थियो । बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...