म्यानचेस्टर युनाइटेडद्वारा वाट्फोर्ड ३-० गोल अन्तरले पराजित
वि.सं.२०७६ फागुन १२ सोमवार ०८:५१
1.1K
shares
एजेन्सीः इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ । आईतबार राती भएको खेलमा वाट्फोर्डलाई ३-० गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष पाँचमा उक्लिएको हो ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, एन्थोनी मार्सियल र मासुन ग्रिनवुडले एक एक गोल गरे । ओल्ड ट्राफोर्डमा ४२औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा मार्सियलले गोल गर्दा युनाइटेड २-० ले अघि रह्यो । त्यसपछि खेलको ७५ औं मिनेटमा ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई ३-० को सहज जित दिलाए ।
जितसँगै युनाइटेडले २७ खेलबाट ४१ अंक जोडेको छ । रेलिगेसन क्षेत्रको वाट्फोर्डले २४ अंक जोडेको छ ।
वि.सं.२०७६ फागुन १२ सोमवार ०८:५१



















