कोपा डेल रे फुटबलमा ईबिजामाथि बार्सिलोनाको जित
वि.सं.२०७६ माघ ९ बिहीवार ०७:२६
1.2K
shares
एजेन्सीः कोपा डेल रे फुटबलमा बार्सिलोनाले जित निकालेको छ । बुधबार राति अन्तिम खेलमा बार्साले तेस्रो डिभिजनको क्लब ईबिजालाई २–१ गोल पराजित गरेको हो । बार्सिलोनाले ३२ पटक प्रतियोगिताको उपाधि जितेको छ ।
पछिल्ला पाँच सिजनमा उसले चार पटक उपाधिमा कब्जा जमाएको छ । खेलमा ईबिजा विरुद्ध लियोनल मेस्सी र जेरार्ड पिकेलाई बिश्राम दिदै ग्रिजम्यानलाई पहिलो रोजाईमा मैदान उतारिएको थियो । खेलको नवौ मिनेटमा जाभी पेरेजले गोल गर्दै इबिजालाई सुरुवाती अग्रता दिलाएका थिए । बार्सा स्टार ग्रिजम्यानले ७२औ मिनेटमा बराबरी गोल फर्काएका थिए । ईन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै ग्रिजम्यानले बार्सिलोनालाई जित दिलाए ।
वि.सं.२०७६ माघ ९ बिहीवार ०७:२६



















