Texas College
YouTube Link

एनभिए महिला तथा पुरुष भलिवल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात

Facebook Link

काठमाडौं: पाचौं संस्करणको एनभिए महिला तथा पुरुष भलिवल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको पुरुषतर्फको खेलमा रारा बुलबुले क्लबलाई तीन शुन्यको सेटमा पराजित गर्दै एपीएफले विजयी सुरुवात गरेको हो ।

एपीएफले २३-२५,२५-१२, २५-२० र २५-१८ को सेटमा पराजित गर्दै जित निकाल्न सफल भयो । जितसँगै समूह ’बी’ मा रहेको एपीएफ क्वाटरफाइनल नजिक पुगेको छ । एपीएफले १ खेलमा २ अंक जोडेको छ । पुरुषतर्फ नै साविक विजेता त्रिभुवन आर्मी क्लबले आरजी ग्रुपलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको थियो ।

आर्मीले आरजी ग्रुपलाई २५-९, २५-१६ र २५-९ ले पराजित गर्‍यो । महिलातर्फ नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यू डायमण्डले सुखद सुरुवात गरेको छ । न्यू डायमण्डले पुलिसमाथि १७-२७,२५-१८,२३-२५,२५-१७ र १५-११ को जित निकाल्यो । प्रतियोगिताको पुरुषतर्फ ११ टिम तथा महिलातर्फ ७ टिम सहभागी छन् ।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख रुपैंयाँ पुरस्कार पाउने छन् । त्यस्तै दोस्रोले १ लाख र तेस्रोले ५० हजार रुपैंयाँ पाउने छन् । महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५ हजार रुपैंयाँका दरले पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर, बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...