आर्सनललाई हराउँदै चेल्सीको पुनरागमन जित
वि.सं.२०७६ पुस १४ सोमवार ०९:०८
1.8K
shares
एजेन्सी: इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग चेल्सीले जित निकालेको छ । आईतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको मैदानमा भएको खेलमा चेल्सीले घरेलु टोलीलाई पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन जोर्गीन्हो र टामी अब्राहमले एक एक गोल गरे ।
इमिरेट्स स्टेडियममा सुरुवाती अग्रता भने आर्सनलले खेलको १३औं मिनेटमा पिएरे एम्रिक औवामियाङको गोलबाट बनाएको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र दुई गोल गर्दै चेल्सीले जित निकालेको हो । जितसँगै चेल्सीले २० खेलबाट ३५ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । २४ अंक जोडेको आर्सनल १२ औं स्थानमा रहेको छ ।
वि.सं.२०७६ पुस १४ सोमवार ०९:०८




















