सिटी र लेस्टरको दुरी एक अंकको
वि.सं.२०७६ पुस १४ सोमवार ०९:०९
1.9K
shares
एजेन्सी: इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग आईतबार राती नै भएको अर्को खेलमा म्यान्चेष्टर सिटीले पनि जित निकालेको छ । सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई २–० ले हराएको हो । सिटीको जितमा सर्जियो अग्युरो र केभिन डी ब्रुईनीले एक एक गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । अग्युरोले ५२ औं मिनेटमा गोल गर्दै सिटीलाई अगाडी बढाएका थिए । ब्रुईनीले ८२ औं मिनेटमा सिटीलाई २–० को अग्रता दिलाएका थिए । जितसंगै लिगको तेस्रो स्थानको सिटीले ४१ अंक जोडेको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा १४ अंकले पछाडी छ । सिटीले दोस्रो स्थानको लेस्टरसंगको दुरी १ अंकमा झारेको छ । सेफिल्ड २९ अंक सहित आठौं स्थानमा रहेको छ ।
वि.सं.२०७६ पुस १४ सोमवार ०९:०९




















