सहिद स्मारक ए डिभिजन लिगमा एपीएफ र थ्री स्टार भिड्दै
वि.सं.२०७६ पुस १२ शनिवार ०८:०८
1.4K
shares
काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगमा आज एपीएफ र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिग अन्तर्गत हिजो भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा हिमालयन शेर्पा क्लबलाई दुइ शून्य गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।
आर्मीलाई जित दिलाउने क्रममा कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । शेर्पाले पहिलो खेलमा नेपाल पुलिससँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग १-१ गोलको बराबरी खेलेको थियो । खेलमा भरत म्यान अफ दि म्याच चुनिए ।यस्तै हिजै भएको दोस्रो खेलमा सरस्वती युवा क्बललाई पराजित गर्दै नेपाल पुलीसले पहिलो जित निकालेको छ । दशरथ रंगशालामा भएको खेलमा सरस्वतीलाई २ शुन्य गोल अन्तरले पराजित गर्दै पुलीसले पहिलो जित निकालेको हो । पुलिसलाइ जित दिलाउने क्रममा सुमन लामा र भोला सिलवालले एक एक गोल गरे ।
वि.सं.२०७६ पुस १२ शनिवार ०८:०८



















