YouTube Link

भारतको पूर्वी राज्य झारखण्डमा विधान सभा चुनावमा मुख्यमन्त्री नै पराजित

World Cup 2026
Facebook Link

एजेन्सी: भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले पूर्वी राज्य झारखण्डमा भएको विधान सभा चुनावमा नराम्रो हार ब्यहोरेको छ । झारखण्ड भारतको राज्य बनेको १९ वर्षमा अधिकांश समय भारतीय जनता पार्टीले सत्ता सम्हालेको थियो । उसले यसपटक भने नराम्रोसँग हार व्यहोरेको छ ।

निर्वाचन आयोगका अनुसार मुख्य विपक्षी दल भारतीय कांग्रेस पार्टी र उसको क्षेत्रीय गठबन्धनले ८१ सीटमध्ये ४६ स्थानमा जीत दर्ता गरेका छन् । जसमध्ये झारखण्ड मुक्ति मोर्चाले ३० सिट जितेको छ भने भारतीय कांग्रेस पार्टीले १६ स्थानमा जीत दर्ता गरेको छ । भाजपा भने २५ सीटमा समेटिएको छ । सरकारले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापी रूपमा जारी विरोधकाबीच मतदान भएको र भाजपाका हार भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । झारखण्डमा भाजपाको नेतृत्व गरिरहेका मुख्यमन्त्री रघुबर दास पनि हारेका छन् ।

भाजपाले झारखण्डमा अपेक्षाकृत मत नपाउनुलाई मुसलमान समुदायको विरोधी भएको दावी गरिने नागरिकता सम्बन्धी नयाँ कानूनले प्रभाब परेको आलोचकहरूले बताएका छन् । विरोध प्रदर्शनका क्रममा १० दिनसम्म भएका झडपहरूमा भारतमा कम्तीमा २० जनाको मृत्यु भएको छ । यो वर्षको सुरुमा भएको संसदीय चुनावमा अत्यधिक बहुमत प्राप्त गरी विजयी भएको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा विधान सभा निर्वाचनमा निकै कमजोर देखिएको छ । भाजपाले अक्टोबर महिनामा हरियाणामा भएको विधान सभा चुनावमा पनि बहुमत गुमाएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...