अष्ट्रेलिया विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित
वि.सं.२०७५ फागुन १९ आइतवार ०८:४८
879
sharesअष्ट्रेलिया विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ ।
२ सय ३७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतका लागि केदार जादब र महेन्द्रसिंह धोनीले जित दिलाएका थिए । जादब र धोनीले १४१ रनको पार्टनरसिप खेल्दै भारतलाई जित दिलाएका हुन् ।
जादबले ८१ र धोनीले ५९ रन बनाउँदै अविजित रहे । त्यस्तै, भारतका लागि कप्तान विराट कोहलीले ४४ र रोहित शर्माले ३७ रन बनाएका थिए । हैदरावादस्थित राजिब गान्धी क्रिकेट रंगशालामा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा सात विकेटको क्षतिमा २ सय ३६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान खवाजाले ५०, ग्लेन म्याक्शवेलले ४०, मार्कस स्टोइनिसले ३७ र एलेक्स केरी ३६ रन बनाएका थिए ।
वि.सं.२०७५ फागुन १९ आइतवार ०८:४८