YouTube Link

१३औं दक्षिण एसियाली खेलकुदको समापनमा प्रधानमन्त्रीले भिडियोबाट सम्बोधन गर्ने कार्यक्रम तय

Khanepani Dhal
Facebook Link

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद (साग)को आज विशेष कार्यक्रमकाबीच समापन हुँदैछ । डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहने समापन समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलबालले सम्बोधन गर्ने छन् ।

समापन समारोहकै अवसरमा १४औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ । सो अवसरमा साग ऐतिहासिक रुपमा सफलतापुर्बक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ । समापनका दिन कार्यक्रम स्थलका प्याराफिटलाई बिभिन्न श्रेणीमा बर्गिकरण गरी ब्यबस्थित गरिनेछ । त्यहां भीभीआईपी, भीआईपी, पत्रकार, पदक बिजेता खेलाडी, बिदेशी, कर्मचारी लगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने ब्यबस्था हुनेछ ।

समापनकै दिन फुटवल प्रतियोगिताको फाईनल भएकाले फुटवल हेर्नका लागि दुई हजार र एक हजार दरका टिकटको ब्यबस्था गरिएको छ । तिनै टिकटले समापन समारोहमा पनि सहभागि हुन सकिनेछ । उत्तरतर्फ १२ हजार जना अट्ने प्याराफिटका लागि ८ हजार टिकट मात्र बिक्रि गरिएको छ । समापनका दिन सुरक्षा र पासमा पनि कडाई गरिनेछ । अत्याबश्यक बाहेक यसदिन पास निकै कम प्रयोग हुनेछन् ।

सञ्चारकर्मीहरुले यसअघि प्रयोग गरिरहेका खेल प्रबेश परिचपयपत्रसंगै आआफ्ना सञ्चारमाध्ययमका परिचय पत्र पनि बोक्नुपर्ने ब्यबस्था गरिएको छ । सम्बन्धित ब्यक्तिलाई तोकिएको सिटमा अरु कोही बस्न पाउने छैन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...