YouTube Link

साग अन्तर्गत पौडीमा नेपालकी गौरिकालाई कीर्तिमानी चौंथो स्वर्ण पदक

Facebook Link

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा सोमबार भएको महिला १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् ।

स्वर्ण जित्ने क्रममा गौरिकाले ५८ दशमलव १३ सेकेण्डको समयमा दुरी पुरा गरेकी थिइन् । भारतकी शिवांगी शर्माले रजत जितिन् । योसंगै गौरिकाले एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी छिन् । यसअघि १७ वर्षीय ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् । यस्तै साग खेलकुदको ईतिहासमा नेपालका लागि सवार्धिक ४ स्वर्ण जित्ने खेलाडीको कीर्तिमानसँग पनि गौरिकाले बराबरी गरेकी छिन् ।

उनले तेक्वान्दोका दिपक बिष्टको कीर्तिमान बराबरी गरेका हुन् । दिपकले चार संस्करणमा कूल ४ स्वर्ण जितेका थिए । तर, गौरिकाले भने एकै संस्करणमा दिपकलाई भेट्टाएकी छिन् । गौरिकाले ४ स्वर्णसहित २ रजत र २ कास्य पनि जितिन् । गौरिकाको स्वर्णसंगै नेपालको स्वर्ण संख्या ४९ पुगेको छ । यस्तै पौडीको महिला ४ सय मिटर मिड्लेको रिलेमा नेपालले कास्य जितेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ असार २८ शनिवार ०५:५८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

वि.सं.२०८२ असार २७ शुक्रवार १२:५०

काठमाडौं: माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम...

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

वि.सं.२०८२ असार २७ शुक्रवार १२:३६

काठमाडौं: नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि...

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

वि.सं.२०८२ असार २६ बिहीवार १४:३०

काठमाडौं: गत आर्थिक वर्षको तुलनामा यस वर्ष नेपालको अर्थतन्त्र चार...

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

वि.सं.२०८२ असार २६ बिहीवार १४:११

काठमाडौं: नेपाली कांग्रेस शेखर कोइराला समूहले पार्टीको केन्द्रीय अनुशासन समितिले...

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

वि.सं.२०८२ असार २६ बिहीवार ०९:४८

एजेन्सी: रियल मड्रिडलाई ४-० गोल अन्तरले हराउँदै अमेरिकामा जारी फिफा...