YouTube Link

बंगलादेशलाई एक शुन्य गोल अन्तरले हराउँदै नेपाल साग फुटबलको फाइनलमा प्रवेश

Khanepani Dhal
Facebook Link

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले पहिलो हाफको सुरुवाती समयमा नै दोस्रो बार च्याप्दै गोल गरेका थिए । खेलको २६औं मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहार बगलादेशी गोलरक्षकले बचाउदा नेपाल अग्रता दोब्बर पार्नबाट चुकेको थियो ।

दोस्रो हाफमा घरेलु टोली नेपाललाई बंगलादेशी खेलाडीले दवावमा राखेपनि नेपालले शुरुमै लिएको अग्रता जोगाइ राख्न सफल भयो । खेलको ६१औं मिनेटमा बंगलादेशले बराबरीको सुन्दर मौका खेर फालेको थियो । बंगलादेशी खेलाडीको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो ।

नेपाल यस नतिजासँगै लिग चरणमा ४ खेलमा १० अंक जोड्यो भने दोस्रो स्थानमा रहेको भुटानले ९ अंक सहित फाईनलमा प्रवेश गरेका छन् । बंगलादेश ४ अंकसहित कास्य पदकमा सिमित भयो । श्रीलंका र माल्दिभ्स २-२ अंकसाथ पुछारमा रहे । नेपालले अब मंगलबार हुने फाइनलमा भुटानको सामना गर्नेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...