YouTube Link

बंगलादेशलाई एक शुन्य गोल अन्तरले हराउँदै नेपाल साग फुटबलको फाइनलमा प्रवेश

Facebook Link

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले पहिलो हाफको सुरुवाती समयमा नै दोस्रो बार च्याप्दै गोल गरेका थिए । खेलको २६औं मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहार बगलादेशी गोलरक्षकले बचाउदा नेपाल अग्रता दोब्बर पार्नबाट चुकेको थियो ।

दोस्रो हाफमा घरेलु टोली नेपाललाई बंगलादेशी खेलाडीले दवावमा राखेपनि नेपालले शुरुमै लिएको अग्रता जोगाइ राख्न सफल भयो । खेलको ६१औं मिनेटमा बंगलादेशले बराबरीको सुन्दर मौका खेर फालेको थियो । बंगलादेशी खेलाडीको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो ।

नेपाल यस नतिजासँगै लिग चरणमा ४ खेलमा १० अंक जोड्यो भने दोस्रो स्थानमा रहेको भुटानले ९ अंक सहित फाईनलमा प्रवेश गरेका छन् । बंगलादेश ४ अंकसहित कास्य पदकमा सिमित भयो । श्रीलंका र माल्दिभ्स २-२ अंकसाथ पुछारमा रहे । नेपालले अब मंगलबार हुने फाइनलमा भुटानको सामना गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...