YouTube Link

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

Facebook Link

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति १२:४५ बजे फ्रान्स र स्पेनबीच प्रतिष्पर्धा हुँदैछ । यी दुई टोली यस विश्वकपमा बलियो टोली हो । त्यसैले युरोपेली च्याम्पियन स्पेन र गत उपविजेता फ्रान्सबीचको खेललाई फाइनलअघिको फाइनलको रुपमा हेरिएको छ ।

 

फ्रन्सका लागि केलियन एम्बाप्पेको कप्तानीमा मैदान उत्रने छ । एम्बाप्पेसहित बालन डी ओर विजेता ओसमान डेम्बेले, बायर्न म्युनिखका स्टार माइकल ओलिस, पेरिस सेन्ट जर्मनका ब्राडली बारकोला र डिजाइरी डोउ जस्ता भरपर्दो स्ट्राइकर छन् । एम्बाप्पेले जारी विश्वकपमा ८ गोल र तीन ‘एसिस्ट’ र डेम्बेलेले पाँच गोल गरिसकेका छन् । ओलिसको नाममा अहिलेसम्म पाँच एसिस्ट रहेको छ तर यी खेलाडीलाई पनि स्पेनको डिफेन्स तोड्न सहज हुने छैन ।

 

यस विश्वकपमा स्पेन प्रिक्वाटरफाइनलसम्म गोलको सामना नगरी लगातार छ खेल ‘क्लिनसिट’ को कीर्तिमान बनाएको टोली हो । यस क्रममा स्पेनका गोलरक्षक उनाई सिमन्सले विश्वकपमा गोल नबेहोरेर कीर्तिमान पनि राखेका छन् । यस विश्वकपमा फ्रान्सको जस्तो आक्रामक स्वभाव स्पेनले देखाएको छैन तर लुइस डी ला फुएन्टेको प्रशिक्षकत्वमा उसले सावधानीपूर्ण र बलमाथि नियन्त्रण बनाएर आक्रमण गर्ने फुटबल खेल्दैछ । जुन शैलीमा खेलेर स्पेन सन् २०१० मा विश्वकप च्याम्पियन बनेको थियो ।

 

डी ला फुएन्टेकै प्रशिक्षणमा स्पेनले सन् २०२३ मा युइएफए नेसन्स लिग र सन् २०२४ मा युरोपियन कप जितेको थियो । पछिल्लो वर्ष पनि स्पेनले नेसन्स लिगको फाइनल खेलेको थियो । स्पेन एकजुट भएर फुटबल खेल्नेमा विश्वास गर्ने टोली हो । यस टिममा रोड्री, पेड्री र फाबियन रुइज जस्ता विश्वस्तरीय मिडफिल्डर छन् । सो मिडफिल्डलाई अहिलेका ‘टिनेज’ विङ्गर लामिने यमालको साथ छ । स्पेनका फरवार्डमध्ये अनपेक्षित रूपमा मिकेल आयरजाबलले ४ गोल गरेर चम्किएका छन् ।

 

यद्यपि पछिल्ला दुई खेलमा उनले गोल गर्न सकेका छैनन् । त्यसैले स्पेनी फरवार्डमा चर्चा वैकल्पिक स्ट्राइकर मिकेल मेरिनोको छ । मेरिनोले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर प्रिक्वाटरफाइनलमा पोर्चुगल र क्वाटरफाइनलमा बेल्जियमविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए ।

 

अहिलेसम्म खासै परीक्षण हुन नपाएको फ्रान्सका डिफेन्सलाई दबाब दिने चुनौती छ तर फ्रान्सविरुद्धको हालका प्रदर्शनले स्पेनलाई उत्साहित भने पारेको छ। गत वर्ष युइएफए नेसन्स लिगमा स्पेनले फ्रान्सलाई ५-४ ले हराएको थियो । यसै गरी युरो-२०२४ जित्ने क्रममा पनि स्पेनले फ्रान्सको चुनौती सेमिफाइनलमा २-१ ले समाप्त पारेको थियो ।

 

यद्यपि यस विश्वकपमा सबैभन्दा प्रभावशाली टोलीको रूपमा प्रस्तुत भएको फ्रान्सले यस विश्वकपमा १६ गोल गरेर मात्र दुई गोल बेहोरेको छ । आफ्नो ‘फ्रिफ्लोड’ खेलले अहिलेसम्म सबै खेलमा सहज जित प्राप्त गरेको फ्रान्सेली टोली यस विश्वकपको सबैभन्दा सन्तुलित टोली पनि हो । जसको ‘बेन्च’ शक्ति पनि उत्तिकै बलियो छ ।

 

विश्वकपको इतिहासमा फ्रान्स लगातार तीन संस्करणमा फाइनल खेल्ने मात्र तेस्रो टिम बन्ने दाउमा हुनेछ । जर्मनीले (१९८२-९० र २००२-१४) तथा ब्राजिलले (१९९४, १९९८, २००२) मा लगातार तीन विश्वकप फाइनल खेलेका थिए । यस विश्वकपमा दुवै टिमका केही खेलाडी व्यक्तिगत पुरस्कारको होडमा पनि सामेल छन् । यमाल यस विश्वकपमा युवा प्लेअर अफ दी टुर्नामेन्टका दाबेदार हुन् । यसै गरी स्पेनका गोलरक्षक उनाई सिमन्ले गोल्डेन ग्लोब्स जित्ने सम्भावना धेरै छ ।

 

फ्रान्सका किलियन एम्बाप्पेको नजर गोल्डेन बुट र गोल्डेन बल दुवैमा छ । यसै गरी डेम्बेले पनि गोल्डेन बलका दाबेदार हुन् । फ्रान्स र स्पेन फुटबलमा परम्परागत प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीबीच अहिलेसम्म ३८ खेल भएका छन् । जसमध्ये स्पेनले १८ र फ्रान्सले १३ खेल जितेका छन् । ७ खेल बराबरीमा सकिएको थियो । विश्वकपमा यी दुई टोली एक पटक मात्र आमनेसामने भएका छन् । सन् २००६ मा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले स्पेनलाई ३-१ ले पराजित गरेको थियो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...