Texas College
YouTube Link

नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दै

Facebook Link

काठमाडौं:  नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपालमा आयोजना गर्न लागेको महिला टी–२० विश्वकप छनोट खेल्नुअघि नेपालले अमेरिका, स्कटल्यान्ड र जिम्बाब्बेसँग प्रि सिरिज खेल्न लागेको हो ।

 

नेपालले शुक्रबार स्कटल्याण्ड र आगामी आइतबार जिम्माब्बेसँग खेल्नेछ । अर्को सातादेखि नेपालमा आयोजना गर्न लागेको महिला टी–२० विश्वकप छनोटमा नेपालले बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको टिमसँग खेल्न लागेको छ । बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको सिनियर टिमले पहिलो पटक नेपालमा खेल्नेछन् । कुनै पनि टेस्ट राष्ट्रको राष्ट्रिय टिमले नेपालमा खेल्न लागेको यो पहिलो पटक हुनेछ ।

 

विश्वमा अहिले टेस्ट क्रिकेटको मान्यता पाएका १२ देशमात्रै छन् । त्यसमध्येको अफगानिस्तानसँग महिला टिम नै छैन । विश्व नम्बर एक अष्ट्रेलियासँगै इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, श्रीलंका, पाकिस्तान र वेस्ट इन्डिजले भने इंग्ल्यान्डमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाएका छन् । बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको महिला टिमले भने विश्वकपमा पुग्नका लागि ग्लोबल क्वालिफायर खेल्नेछन् ।

 

अर्को हप्ता सुरू हुने त्यही ग्लोबल क्वालिफायरका लागि यी तीन टेस्ट राष्ट्रको महिला टिमले नेपालमा खेल्न लागेका हुन् । नेपाल र जिम्बाब्वेबीचको खेल माघ १० गते हुनेछ । यो नै नेपाली महिला टिमले टेस्ट खेल्ने देशको महिला टिमसँग घरेलु मैदानमा खेलेको पहिलो खेल हुनेछ ।

 

दुई समूहमा हुनेसमूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छ। यस्तै समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन् । नेपालले आफ्नो पहिलो खेलमा १८ जनवरीमा थाइल्यान्डसँग माथिल्लो मुलपनी क्रिकेट मैदानमा खेल्नेछ ।

 

नेपालले पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको थियो । यस प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू सुपर सिक्समा छनोट हुनेछन् । सुपर सिक्सबाट शीर्ष ४ टोलीहरू सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खुल्यो ‘निर्वाचन प्रहरी’ का लागि भर्ना

खुल्यो ‘निर्वाचन प्रहरी’ का लागि भर्ना

वि.सं.२०८२ पुस २४ बिहीवार ०७:४१

काठमाडौं: प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३४ हजार निर्वाचन प्रहरी...

हेर्नुहोस् आज २०८२ पुस २४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ पुस २४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८२ पुस २४ बिहीवार ०६:५८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी

वि.सं.२०८२ पुस २३ बुधवार ०८:१८

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदै

वि.सं.२०८२ पुस २३ बुधवार ०८:०४

काठमाडौं: राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन हुने...

सञ्चारमन्त्रीले गरे मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक

सञ्चारमन्त्रीले गरे मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक

वि.सं.२०८२ पुस २२ मंगलवार १८:१५

काठमाडौं: सञ्चारमन्त्री जगदीश खरेलले पुस ११ र २१ गतेको मन्त्रिपरिषद्...

११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

वि.सं.२०८२ पुस २२ मंगलवार १८:०५

काठमाडौं: गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।...