YouTube Link

नेपाल र कतारसँगको खेल आज, खेल राति ८:१५ बजे सुरु हुने

World Cup 2026
Facebook Link

काठमाडौं: आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज कतारसँग खेल्दैछ । ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ ।

 

सुपर-६ को आफ्नो पहिलो खेलमा आईतबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो । प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर-६ मा आएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । नेपाल लगातार चौथो जितको खोजीमा छ ।

 

कतार समूह चरणमा मलेसियालाई पराजित गर्दै सुपर-६ मा आएको हो । समूह ‘ए’ मा कतार युएईसँग पराजित भएको थियो भने मलेसयालाई ८ विकेटले कतारलाई हराएको थियो । सुपर-६ मा भने कतार ओमानसँग ३४ रनले पराजित हुन पुग्यो । यी दुई टोलीबीच अहिलेसम्म तीन खेल हुँदा नेपालले २ तथा कतारले एक खेल जितेका छन् । अपराजित नेपालको सुपर-६ मा ४ अंक भएको छ भने कतार अंकविहीन छ ।

 

सुपर-६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतिस्पर्धा गर्ने टिममा युएईसँगै कतार, ओमान र समाओ छन् । नेपालले आफ्नै समूहबाट सुपर-६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन ।

 

अब यो चरणमा हुने १२ खेलपछि शीर्ष ३ स्थान हासिल गर्ने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।  नेपालले बुधबार ओमानसँग खेल्नेछ भने सुपर-६ को अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्नेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:११

काठमाडौं: नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापना भएको...

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३६

काठमाडौं । अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर...