YouTube Link

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

Facebook Link

काठमाडौं: नेपालले आइसिसी टि-२० विश्वकप एसिया एण्ड इस्ट-एसिया प्यासिफिक छनोटमा विजयी सुरुवात गरेको छ । ओमानमा बुधवार सुरु भएको छनोटको आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले हराउँदै नेपालले विजयी सुरु गरेको हो ।

 

अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए । गुल्शन झाले ६ बलमा ३ छक्कासहित २० रन बनाए । नेपालका ओपनर आसिफ शेख २, कप्तान रोहित १५ बलमा ३ चौकासहित १६, दीपेन्द्र २०, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमा आउट भए । नेपालले १९औं ओभरमा कुल २७ रन जोडेको थियो । गुलशनले लगातार ३ छक्का र कुशल भुर्तेलले लगातार २ चौका नविनराजलाई हानेका थिए ।

 

नेपाललाई सोमपाल कामीले चौथो बलमै ओपनर रविजा सान्दारुवानलाई बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाए । त्यसपछि उस्मान पटेल नन्दन यादवको बलमा स्वीप खेल्ने धुनमा शून्यमा बोल्ड आउट भए । मित भावसारलाई ललितले ११ रनमा क्याच गराउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशी र रोहित पौडेलले पनि समान २ विकेट लिए । सोमपाल, नन्दन र कुशल भुर्तेलले समान १ विकेट लिए ।

 

जितका लागि १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रन बनाएर अल आउट भयो । कुवेतका ओपनर क्लिन्टो आन्टोले २६ र यासिन पटेलले १९ रन जोडे । कुवेतका नविनराज राजेन्द्रानले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । मोहम्मद अस्लाम, अनुपदीप र मोहम्मद फारुकले समान १ विकेट लिए । नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...