YouTube Link

स्पेन र इङ्ल्याण्ड मध्ये कसले मार्ला बाजी ?

World Cup 2026
Facebook Link

काठमाडौं: महिला युरो कपको फाइनलमा स्पेन र इङ्गल्याण्डबीच उपाधि भिडन्त आज हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे स्विटजरल्याण्डको सेन्ट ज्याकोब पार्क बासेल स्टेडियममा हुनेछ ।

 

यी दुई टोलीले दुई वर्षको अवधिमा दोस्रोपटक महत्वपूर्ण प्रतियोगिताको फाइनलमा भिड्न लागेका हुन् ।  इङ्गल्याण्ड युरोको साबिक विजेता हो भने स्पेन विश्व च्याम्पियन । दुई वर्षअगाडि मात्रै यिनै दुई टिम विश्वकपको फाइनल खेलेका थिए । त्यसमा स्पेन १-० ले विजयी भएको थियो । यो खेल इङ्गल्याण्डका लागि उपाधि रक्षाको मात्र हैन स्पनेसँग २ वर्ष पहिला विश्व विजेताबाट बञ्चित हुँदाको बदला लिने असवर पनि हो । त्यसैले इङ्गल्याण्ड स्पेनमाथि बदला लिने दाउमा हुनेछ ।

 

फाईनल प्रवेशका लागि इङ्गल्याण्डले इटालीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने स्पेनले जर्मनीलाई १-० गोल अन्तरले पराजित गरेको थियो । पछिल्लो दुई वर्षमा स्पेनको महिला फुटबलले कमाल नै गरेको छ । स्पेन नै अबको युरो उपाधिका लागि बलियो दाबेदार देखिएको छ । किनभने यो टिमले विश्वकप मात्र होइन, नेसन्स लिग पनि जितेको छ ।

 

पछिल्लो विश्वकपयता यी दुई टिमबीच दुई पटक भेट भएको छ । जसमध्ये एक खेलमा इङ्गल्याण्ड १-० ले विजयी रहेको छ भने अर्कोमा स्पेन २-१ ले विजयी भएको छ । युरोकपमा भने यी दुई टोलीको चौथो भेट हो । अघिल्लो युरोकपमा इङ्ल्यान्डले स्पेनलाई २-१ गोलले हराएर अन्तिम ८ बाट घर पठाएको थियो । त्यसअघि २०१७ को समूह चरणमामा स्पेन २-० ले पराजित हुन पुग्यो । सन् २०१३ मा भने स्पेनले ३-२ गोलले इङ्ल्यान्डलाई पन्छाएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...