YouTube Link

प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेशको महोत्तरी र बारा जिल्लाका सुख्खाग्रस्त क्षेत्रको अवलोकन

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको महोत्तरी र बारा जिल्लाका सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेकाका छन् । उनले हेलोकोप्टरमार्फत त्यस क्षेत्रको अवलोकन गरिरहेका हुन् । साउन ७ मा सरकारले मधेस प्रदेशका ८ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।

 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा मधेसका पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, सप्तरी र धनुषामा सुक्खा लागेको भन्दै संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । मधेसका जिल्लामा वर्षा कम भएका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुको साथै नदी तथा कुलोहरुमा पानीको कमीले सिँचाइ प्रणालीमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

 

प्रदेश सरकारले यही मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । त्यस अनुसार मधेसका जिल्लाहरूमा तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । प्रधानमन्त्री ओलीले अनुगमन गरिसकेपछि सरोकारवालले बुझाएको प्रतिवेदन अनुसार राहत सहितको प्याकेज घोषणाको अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीले आजै महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्नेछन् । सोही नगरपालिकाको वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र एक सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

 

यसैगरी, महोत्तरीमै प्रधानमन्त्रीले जनकपुर–कुर्था–सम्सी सडकखण्डको रौजास्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बारा जिल्लामा भने उनी परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र एक सभालाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...