YouTube Link

उपाधि छिनोफानोका लागि नेपाल र बङ्गलादेशबीचको खेल आज

Facebook Link

काठमाडौं: साफ महिला यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदै छ । यो दुईबीचको खेल आज साँझ पौने ७ बजे ढाकामा हुनेछ । उपाधि विजेताको छिनोफानो यी दुई टिमबिच  हुने अन्तिम खेलबाट हुने भएको छ ।

 

प्रतियोगितामा हालसम्म सर्वाधिक ३० गोल गरिसकेको नेपालले लिग चरणमा घरेलु टोली बङ्गलादेशसँग बेहोरेको हारको बदला मैदानमै फर्काउन योजनामा रहनेछ । चार टिम सम्मिलित यस प्रतियोगिता डबल लिगका आधारमा भइरहेको छ । त्यसैले यस प्रतियोगितामा फाइनलको प्रावधान छैन ।  दोहोरो लिगपछि अङ्क तालिकाको शीर्ष स्थानमा रहने टिमलाई च्याम्पियन घोषित गरिने छ । जुन उपाधि होडमा अब बङ्गलादेश र नेपाल मात्र बाँकी छ ।

 

भुटान र श्रीलङ्का उपाधि होडबाट बाहिरिसकेका छन् । नेपाल पहिलो पटक र बङ्गलादेश लगातार दोस्रो पटक साफ यू–२० उपाधि जित्ने अभियानमा रहेको छ । अन्तिम खेलमा घरेलु टोली बङ्गलादेश केही फाइदामा छ । बङ्गलादेशले पाँच खेलबाट १५ र नेपालले चार खेलबाट १२ अङ्क बनाएका छन् । घरेलु मैदानको फाइदा र समर्थकको ऊर्जामा खेल्ने बङ्गलादेशलाई बराबरीले पनि च्याम्पियन बनाउने छ ।

 

नेपाललाई भने जितले मात्र उपाधि दिलाउने छ । गोल अन्तर बङ्गलादेशको भन्दा राम्रो रहेकाले नेपाललाई बढी गोल गरेर खेल जित्नुपर्ने दबाब भने छैन । नेपाली युवा महिला फुटबल टोली लयमा पनि छ । यस प्रतियोगितामा नेपालले भुटानलाई ६–१ र ८–० तथा श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

 

नेपालकी दुई स्ट्राइकर पूर्णिमा राई र मीना देउवा सानदार गोलको लयमा छन् । पूर्णिमाले १० गोलसहित प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।  मीना ७ गोलसहित दोस्रो स्थानमा छन् । यी दुवैले दुई/दुई ह्याट्रिक गरिसकेकी छन् । यसैगरी कुसम खतिवडा तथा समीक्षा मगरले तीन/तीन तथा सेनु परियार, सरिता कुमारीले दुई/दुई गोल गरेका छन् । अनिशा राई र कप्तान बिर्सना चौधरीको नाम पनि गोलकर्ताको सूचीमा छ । बङ्गलादेशी खेलाडी पनि लयमा छन् । बङ्गलादेशकी सागोरिका, शान्ति मार्डी र तृष्णारानीले सर्वाधिक चार/चार गोल गरेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...