YouTube Link

नेपालले थाइल्यान्डको घरेलु टोलीसँग खेल्दै, सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल टोलीसँग जोडिए

Facebook Link

काठमाडौं: नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग (आज) मे ३० मा पहिलो र जुन २ मा दोस्रो खेल खेल्दैछ । यी दुईबीचको अन्तिम खेलले मात्र अन्तर्राष्ट्रिय मान्यता पाउने छ । दुवै खेल नेपालले एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको तयारी स्वरूप खेल्न लागेको हो ।

 

यी खेलका लागि सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल सिधै थाइल्यान्डमा नेपाली राष्ट्रिय फुटबल टोलीसँग जोडिएका छन् । साम्बा २०८० माघमा फ्रान्सको शीर्ष डिभिजन लिग क्लब अभान्ट ग्वेन्ग्याम्पमा अनुबन्ध भएकी थिइन् । दुई सिजन खेल्दा उनको क्लब अघिल्लो संस्करण २२ खेलबाट १६ अंक जोड्दै १२ टिम सम्मिलित लिगमा १०औं स्थानमा रहेर रेलिगेसनबाट जोगिएको थियो ।

 

यसपल्ट भने ग्वेन्ग्याम्प ३ खेल अगावै रेलिगेसनमा परेको थियो । ग्वेन्ग्याम्प ९ अंकसहित पुछारमा रह्यो । साम्बाले यस सिजन एक ह्याट्रिकसहित ६ गोल गरेकी थिइन् । त्यसमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) विरुद्ध दुई गोल पनि समावेश छ । तर, उनको उक्त गोलले क्लबलाई शीर्ष डिभिजनमा टिकाइराख्न सकेन ।

 

यता, स्टाइकर रेखा पौडेल पनि व्यावसायिक फुटबल खेल्न विदेशमा छिन् । रेखाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी कन्ट्री क्लबबाट फुटबल खेल्दै आएकी छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...